२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

सहकारी ठगी प्रकरण : बयान सकियो, थुनछेक बहस सुरु

Nada
२०८१ पुष १६ गते १५:१८
Shares
सहकारी ठगी प्रकरण : बयान सकियो, थुनछेक बहस सुरु

काठमाडौँ  : कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ । कास्की जिल्ला अदालतका अनुसार मंगलबार रविसहित मुद्दा दर्ता भएका ७ जनाकै बहस सकिएको हो । 

ncell

सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा बयान सकिएसँगै थुनछेक बहस सुरु भएको छ । मंगलबार जिल्ला अदालत कास्कीमा थुनछेक बहस  सुरु भएको हो । 

रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान लिइएको थियो । सबै प्रतिवादीहरूको बयान सकिएसँगै आजैबाट थुनछेक बहस थालिएको छ । 

विभिन्न संस्थासहित ४४ जना प्रतिवादी बनाइएकामा सहकारी ठगीमा ३१ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूबाट एक अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ ।

यस्तै यीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, ४ जनालाई सम्पत्ति शुद्धीकरण र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ । रवि पत्नी निकितासहित ५ जनालाई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको छ । मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ ।

ताजा खबर

सम्बन्धित खबर