२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

पथरी शनिश्चरे सेमिफाइनमा प्रवेश

Nada
अर्जुन काफ्ले
२०८१ पुष १५ गते १९:५९
Shares
पथरी शनिश्चरे सेमिफाइनमा प्रवेश

पथरी : सनम धिमालको निर्णायक गोलको मद्दतले मिक्लाजुङ पालिकालाई १-० गोल अन्तरले पराजित गर्दै पथरी शनिश्चरे नगरपालिका लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

ncell

सोमबार प्रस्तावित बुद्ध रंगशालामा सम्पन्न खेलमा सनमले दोस्रो हाफमा गोल गरे । खेलको ५६औं मिनेटमा मैदानको मध्य क्षेत्रबाट आएको पासलाई सनमले जाली चुमाए ।

खेलको म्यान अफ दि म्याच विजयी टिमका सञ्जय लिम्बू घोषित भए । मंगलबार लेटाङ नगरपालिका र केराबारी गाँउपालिकाबीच खेल हुने छ ।

उज्यालो जीवन प्रतिष्ठान र चिसाङ भ्याली क्लबले आयोजना गरेको  प्रतियोगिताको विजेताले नगद १ लाख र ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले ५० हजार नगद प्राप्त गर्ने छ ।

ताजा खबर

सम्बन्धित खबर