२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिका कार्यक्रम

Nada
२०८१ पुष १५ गते ११:५९
Shares
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिका कार्यक्रम

काठमाडौँ : नेपाली कांग्रेस जनसम्पर्क समिति अमेरिकाको आयोजनामा आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गरिएको छ ।

ncell

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले राष्ट्रिय मेलमिलापको नीति विकास राजनीति र समाज रूपान्तरणमा सधैँ सहयोगी हुने बताए । उनले मुलुक समृद्धिका लागि विदेशमा आर्जन गरेको सीप, पुँजी र प्रविधिको आवश्यकताबारे चर्चा गरेका थिए । 

त्यस अवसरमा अमेरिकामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरूको नेपाली  नागरिकता सम्बन्धमा प्रष्ट नीति नेपाल सरकारबाट आउनुपर्ने माग गरेको कांग्रेसस कार्यालयले जनाएको छ । 

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टको सभापतित्वमा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समीरजंग शाह, कांग्रेस महासमिति सदस्य कान्छा लामालगायतले प्रवासी नेपालीहरूको नागरिकताका साथै अन्य समस्या उठान गर्दै समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए ।

ताजा खबर

सम्बन्धित खबर