२०८२ असोज ६ गते सोमवार / Sep 22 , 2025 , Monday
२०८२ असोज ६ गते सोमवार
Ads

जनताको गुनासो सुन्दै सुझाव माग्दै अर्घाखाँची प्रहरी

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ पुष १२ गते २०:५३
जनताको गुनासो सुन्दै सुझाव माग्दै अर्घाखाँची प्रहरी

अर्घाखाँची : प्रहरी र नागरिकबीच सुमधुर सम्बन्ध स्थापित गर्न जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नागरिक सुनुवाइ अभियान सञ्चालन गरेपछि यो कार्यक्रम निकै प्रभावकारी भएको स्थानीय बुद्धिजीवीहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी कर्मचारीहरु अभियान लिएर मातहतका प्रहरी युनिटहरुलाई परिचालन गरी टोलटोलमा पुग्न सुरु गरेपछि स्थानीयबासीले प्रहरीको कामको प्रशंसा गरेका हुन् ।

कार्यक्रममा स्थानीय नागरिकसँग गुनासो सुन्ने, समुदायका समस्या र प्रहरीले गर्नुपर्ने दायित्वको सन्दर्भमा छलफल हुने गरेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए  । 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र ईलाका प्रहरी कार्यालयहरुको  संयुक्त आयोजनामा  नागरिक सुनुवाइ कार्यक्रम गाउँ–गाउँमा  सुरु गरिएको हो । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर ८ र छत्रदेव गाउँपालिकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । 

नागरिकहरूले जिल्लामा सवारी नियम उल्लंघन गरी सवारी चलाउने, दुर्घटनाको जोखिम बढेको र यात्रुको सुरक्षा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । युवाहरूमा लागुऔषध दुव्र्यसनीको संख्या बढ्दै गएकोमा समेत स्थानीयले चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै  छत्रदेव गाउपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ  सडकको अवस्था र यात्रुको चापले गर्दा सवारी दुर्घटनाको जोखिम बढेकाले यसको नियमन  गर्न नेपाल प्रहरी, जनप्रतिनिधि, सरोकारवाला   सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले  सेवाग्राही र सेवा प्रदायक संस्थाबीचको प्रत्यक्ष सम्बन्ध स्थापना हुने र सुशासन, पारदर्शिता र जवाफदेहिता बोध हुने खालका कामहरु प्रहरीले गरिरहेकाले यस्ता कार्यक्रमले सुशासन पारदर्शितामा समेत थप सहयोग पुगेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले  जनताको गुनासो सुन्न प्रहरी गाउँमा आएकोले मनमा लागेका कुरा र प्रहरी प्रशासनसँग कुनै गुनासो भए खुलेर राख्न उपस्थित छत्रदेवबासीलाई अनुरोध गरेका थिए । कार्यक्रममा  छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जनता, कर्मचारी प्रहरी प्रशासनबीचको सम्बन्धलाई प्रगाढ बनाउन जनतासँग  प्रहरी कार्यक्रम प्रभावकारी भएको बताए । उनले भने पालिकाले पनि प्रहरी ले जस्तै जनताको गुनासो सुन्नका लागि यस्तै कार्यक्रम बनाउनु पर्ने बताउनुपर्ने बताउँदै जनप्रतिनिधि प्रहरी प्रशासनको संयुक्त  टोली गाउँ–गाउँमा जाँदा वास्तविक सवालहरू पहिचान हुनुका साथै जिल्लाको दिगो विकासमा सहयोग पुग्ने समेत बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise