२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

विषादी अवशेष जाँच्ने प्रयोगशाला स्थापना

Nada
२०८१ पुष १० गते १३:५६
Shares
विषादी अवशेष जाँच्ने प्रयोगशाला स्थापना

जनकपुरधाम : संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धनुषाको ढल्केबरस्थित कृषिउपज बजारमा विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला एकाइ स्थापना भएको छ।

ncell

जिल्लाका विभिन्न स्थानबाट ढल्केबर बजारमा बिक्रीका लागि ल्याइने हरियो तरकारी तथा फलफूलमा हुनसक्ने विषादीको मात्रा जाँच गर्ने उद्देश्यले सो प्रयोगशाला स्थापना गरी आजदेखि सञ्चालनमा ल्याइएको हो।

मन्त्रालय अन्तर्गतका केन्द्रीय कृषि प्रयोगशालाद्वारा स्थानीयलाई विषादीरहित कृषिउपज उपलब्ध गराउने उद्देश्यले ढल्केबरमा उक्त प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको यहाँस्थित कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले जानकारी दिए ।

केन्द्रीय कृषि प्रयोगशाला प्रमुख शान्ता कार्कीले खेतबारीमा कति मात्रामा विषादी छर्कने र विषादी छर्केको कति दिनपछि तरकारी तथा फलफूल टिप्न मिल्छ भन्नेबारे जानकारीमूलक सूचना समयसमयमा दिइरहनु पर्नेमा जोड दिए ।

उनले भने, ‘३५ प्रतिशत भन्दा कम विषादी प्रयोग भएको देखिएमा खानयोग्य हुन्छ, ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्छ, ४५ प्रतिशतभन्दा बढी विषादी प्रयोग भएको देखिएमा अखाद्य मानिन्छ र त्यो वस्तु खानयोग्य हुँदैन।’

केन्द्रीय प्रयोगशालाको सहयोगमा रु. ४० लाख लागतमा यहाँ प्रयोगशाला निमार्णमा भएको हो । जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल र केन्द्रीय प्रयोगशालाका प्रमुख कार्कीले संयुक्त रूपमा आज प्रयोगशालाको उद्घाटन गरे ।

ताजा खबर

सम्बन्धित खबर