२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय

Nada
२०८१ पुष १० गते १२:१३
Shares
पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय

पर्सा : संघीय मन्त्रिपरिषद्को मंगलबारको बैठकले पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

ncell

यहाँस्थित भूमिसुधार तथा मालपोत र नापी कार्यालय ग्रामीण भेगका सेवाग्राहीका निम्ति अपायक भएकाले सरकारले पोखरियामा मालपोत र नापी कार्यालय स्थापनाको निर्णय गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सामाजिक सञ्जालमार्फत दुई कार्यालय स्थापनाबारे भएको निर्णय सार्वजनिक गर्दै “यो महत्त्वपूर्ण कदमले पोखरियालगायत ग्रामीण भेगमा बसोबास गर्ने सम्पूर्ण गाउँवासीलाई सरकारी सेवामा सहज पहुँच पुर्‍याउन ठूलो सहयोग पुग्ने मेरो विश्वास छ”, भनेका छन् ।

खानेपानीमन्त्री प्रदीप यादवले पनि मन्त्रिपरिषद् बैठकले पर्सामा जनसङ्ख्याको चाप, सेवाको अवस्था एवं लागतलाई विश्लेषण गरेर सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन पोखरियामा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय भएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

ताजा खबर

सम्बन्धित खबर