२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

निर्वाचनको समयमा पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्छ : मन्त्री सिंह

Nada
२०८१ पुष ८ गते १२:१७
Shares
निर्वाचनको समयमा पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्छ : मन्त्री सिंह

काठमाडौं : उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेस पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्ने बताएका छन् ।

ncell

नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा पार्टी जनताबाट अनुमोदित हुन नसके जतिसुकै कार्यक्रम गरे पनि परिणाम शून्य नै आउने बताएका हुन् ।

उनले भने, ‘नेपाली कांग्रेस पार्टीको सबैभन्दा ठूलो चुनौती भनेको आफ्नै पार्टीलाई व्यवस्थापन गर्न नसक्नु हो । पार्टीलाई व्यवस्थित गर्न सक्ने की नसक्ने सवाल नै ठूलो छ । यो भन्दाखेरी मान्छेहरुलाई सत्य कुरा सुन्दा तितो नै लाग्छ । तर यो सत्यलाई तितो मानेर पन्छ्याउन खोजे भने हामीहरु अगाडि बढ्न सक्दैनौं । जतिसुकै कार्यक्रम गरे पनि निर्वाचनको समयमा जनताबाट पार्टी अनुमोदित हुन नसके परिणाम शून्य नै आउँछ ।’

साथै उनले पार्टीको हरेक गतिविधिहरुमा क्रियाशील सदस्यहरुलाई समावेश गरिनुपर्ने बताए । उनले क्रियाशील सदस्यहरुलाई जनताको विश्वास जितेको कांग्रेस पार्टी हो भन्ने कुरा बिर्सन नहुने बताए ।

ताजा खबर

सम्बन्धित खबर