२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

दीपेन्द्रले कार पाए, ललितले मोटरसाइकल

Nada
२०८१ पुष ६ गते १६:५९
Shares
दीपेन्द्रले कार पाए, ललितले मोटरसाइकल

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा उपविजेता बनेको सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि बनेका छन्।

ncell

आफ्नो नेतृत्वमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्‍याएका दीपेन्द्रले एनपीलको नेपाली खेलाडीतर्फ प्लेअर अफ दि सिरिज बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् ।

दीपेन्द्रले एनपीएलमा ९ खेल खेल्दा १ अर्धशतक सहित २२७ रन बनाए । दीपेन्द्रले बलिङमा ९ खेलमा कुल ९ विकेट नै लिए ।

त्यस्तै प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिमका सेफ अली जैब पाए । उनले ५ लाख रूपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट बलर ललित राजवंशी बने उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । उदीयमान खेलाडी कर्णाली याक्सका विपिन प्रसाद शर्माले पाए । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।

ताजा खबर

सम्बन्धित खबर