२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

एनपीएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर

Nada
२०८१ पुष ६ गते ११:२२
Shares
एनपीएल : उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर

काठमाडौँ : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । 

ncell

नेपाली क्रिकेटको महाकुम्भ एनपीएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् । 

दुवै टोलीले उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रदै छन् । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ । 
 

ताजा खबर

सम्बन्धित खबर