२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

निर्यात बढाउन तीनै तहका कानुन र नीति सहज हुनुपर्छ : मन्त्री पाण्डे

Nada
२०८१ पुष ५ गते १६:२७
Shares
निर्यात बढाउन तीनै तहका कानुन र नीति सहज हुनुपर्छ : मन्त्री पाण्डे

चितवनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्थानीय उत्पादनको निर्यात बढाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारको कानुन तथा नीति सजिलो हुन जरुरी रहेको बताएका छन् । 

ncell

पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको तेस्रो खैरहनी महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपालमा उत्पादित वस्तुको निर्यात बढाउन सके अर्थतन्त्र बलियो हुने बताए । उनले भने, ‘अर्थतन्त्र बलियो बनाउन निर्यात बढाउन जरुरी छ । यसका लागि तीनै तहका सरकारको नीति तथा कानुन सहज बनाउनुपर्छ ।’

चितवन पर्यटकीय दृष्टिले महत्वपूर्ण जिल्लाको रुपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले यसलाई चलायमान बनाउन सके अर्थतन्त्रमासमेत सहज हुने बताए । पर्यटकीय क्षेत्रको विकासका लागि नीतिगत रुपमा सहयोग गर्न र पूर्वाधारको विकास गर्न मन्त्रालय तयार रहेको उनको भनाइ थियो । फरक प्रसङ्गमा मन्त्री पाण्डेले पछिल्लो समय देखिएको भ्रमको राजनीति चिर्दै अघि बढ्न जरुरी रहेको बताए ।  

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य जगन्नाथ थपलिया, कृष्ण खनाल र ईश्वर सापकोटा, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एमाले) का जिल्ला अध्यक्ष कमल पाठक, नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक रामचन्द्र अधिकारी, रास्वपाका टीकादत्त इटानी, खैरहनी नगरपालिका–८ का वडाध्यक्ष शङ्कर कँडेललगायतले मेला र महोत्सवबाट जिल्लाको अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने बताए । 

उद्योग वाणिज्य सङ्घ खैरहनीको आयोजनामा सुरु भएको सो महोत्सव यही पुस १६ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा दुई सय २५ कक्ष रहेका महोत्सव मूल समारोह समितिका संयोजक कुमार खनालले जानकारी दिए ।  

ताजा खबर

सम्बन्धित खबर