२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसदमा पेश गर्न निर्देशन

Nada
२०८१ पुष ४ गते १६:३४
Shares
दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसदमा पेश गर्न निर्देशन

काठमाण्डु-राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले दलित समुदायको अधिकार तथा विकास सम्बन्धी विधेयक संसदमा पेश गर्नको लागि आवश्यक गृहकार्य जुट्न निर्देशन दिएको छ ।

ncell

बिहीवार सिंहदरबारमा बसेको समिति बैठकले संसदको हिउँदे अधिवेशनभित्र संसदमा विधेयक पेश गर्नेगरी गृहकार्यमा जुट्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति कमला पन्तले सरकारलाई निर्देशन दिँदै विधेयक निर्माणका लागि समितिले आवश्यक सहयोग गर्ने बताए। उनले समिति दलित समुदायको अधिकारसम्बन्धी विधेयक निर्माणका लागि आवश्यक गृहकार्य गरिरहेको र उक्त गृहकार्यलाई प्रतिवेदनको रूपमा बुझाउने बताए । उनले ऐन निर्माण गर्ने निकाय संसदीय समिति नभएको समेत स्पष्ट पारिन् । 

दलित समुदायहरूमाथि राजनीति भइरहेको भन्दै उनले राजनीतिले आँखा नचिम्लिने गरी ऐन बनाउन जरुरी रहेको बताइन् ।

सभापति पन्तले भनिन्, ‘समितिमा पेस भएको संसदको प्रस्ताव कार्यान्वयन उपसमितिको प्रतिवेदन सुझावसहित राष्ट्रिय सभामा छलफलका लागि पेश गर्नको लागि आवश्यक गृहकार्य अघि बढाउनेबारे निर्देशन दिएका छौं ।’

ताजा खबर

सम्बन्धित खबर