२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

‘महासङ्घको निर्वाचनले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको छ’

Nada
२०८१ पुष ३ गते १४:५१
Shares
‘महासङ्घको निर्वाचनले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको छ’

कैलालीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पत्रकार महासङ्घको निर्वाचनले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको बताएका छन् ।

ncell

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको आज धनगढीमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा सदस्यको पदस्थापन कार्यक्रममा उनले अन्योलताका बीचमा पत्रकार महासङ्घले केन्द्रदेखि जिल्लासम्म आफ्ना निर्वाचन पूरा गरेर पुनः एकचोटी लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गरेको बताए ।

‘लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापित गर्ने सन्दर्भमा तपाईँ हाम्रो यस्तै प्रयत्न, प्रयास र पद्धतिबाट हामीले सबै संरचनालाई अगाडि लैजाने प्रयत्न गर्नुपर्दछ’, उनले भने, ‘जसरी विशेष गरी अहिलेको संरचना निर्माण भएको छ र त्यसको प्रभाव स्वभाविक रुपमा सबै सङ्गठनमा पर्ने नै हो, तर त्यो पर्दै गर्दा नेपाली जनतालाई एउटा सन्देश दिएको छ, अब यो मुलुकमा राजनीतिक स्थिरता, विकास र समृद्धिका सवालमा यो निर्वाचनले पनि अहिले मुलुकमा भएको सत्ता गठबन्धनको जुन लक्ष्यप्रतिको जुन मार्ग छ, यसलाई जनताका बीचमा विश्वास दिलाउन वातावरण बनाउने एउटा सन्देश दिएको छ ।’

फरक प्रसङ्गमा मुख्यमन्त्री शाहले अहिलेको वर्तमान सरकारका नेतृत्वबीचमा भएको समझदारी निरन्तर अगाडि बढेर जाने बताए । उनले भने, ‘यसमा एकताका प्रक्रिया, सहमतिका प्रक्रिया, समझदारीका प्रक्रिया, लोकतान्त्रिक मूल्यमान्यता र पद्धतिलाई स्थापित गर्ने सन्दर्भमा पनि पत्रकारको अहिलेको निर्वाचनले मुलुकमा जनतालाई राम्रो सन्देश दिएको मैले विश्वास लिएको छु ।

ताजा खबर

सम्बन्धित खबर