२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

सुदूरपश्चिमले दियो पोखरालाई १५४ रनको लक्ष्य

Nada
२०८१ मंसिर ३० गते १४:४६
Shares
सुदूरपश्चिमले दियो पोखरालाई १५४ रनको लक्ष्य

काठमाडौंः नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज भइरहेको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको हो । 

ncell

सुदूरपश्चिमका लागि आरिफ शेखले ३८ बलमा २ चौका र १ छक्कासहित ४२ रन बनाए । ब्रान्डन म्याकमुलेनले २३ र कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन थपे भने ईशान पाण्डेले १० रन बनाए । यस्तै, विनोद भण्डारीले १४ र हरमित सिंहले १३ रन जोडे।


 

ताजा खबर

सम्बन्धित खबर