२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

चितवनले जनकपुरलाई हराएपछि विराटनगर र पोखरा प्लेअफ होडबाट बाहिरिए

Nada
२०८१ मंसिर २९ गते १६:३५
Shares
चितवनले जनकपुरलाई हराएपछि विराटनगर र पोखरा प्लेअफ होडबाट बाहिरिए

काठमाडौं : जनकपुर बोल्ट्सलाई पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ नजिक पुगेको छ । शनिबार भएको खेलमा चितवनले ३२ रनको जित हासिल गरेको हो । यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको जनकपुरलाई पराजित गरेपछि चितवनले ७ खेलबाट ८ अंक जोडेको छ ।

ncell

चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १८ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो । जनकपुरका जिम्मी निसमले सर्वाधिक ६५ रन बनाए । आक्रामक ब्याटिङ गरेका उनले २४ बलमा पाँच चौका र ६ छक्का प्रहार गरे । उनको १८ बलमै अर्धशतक पूरा गरेका थिए । ओपनर आशिफ शेखले २३ रन बनाए । चितवनका शोयल तनभिर, कुशल मल्ल र रजिन ढकालले समान २-२ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कप्तान कशुल मल्लको ७२ रनको मद्दतमा पाँच विकेट गुमाएर १८० रन बनाएको थियो । मल्लले ४१ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे । रवि बोपाराले ४४ र हसन इसाखिलले २८ रन जोडे । बलिङमा जनकपुरका लागि ललित राजवंशीले २ विकेट लिए । 

६ खेलबाट १० अंक जोडेको जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ। चितवनमाथि जित निकालेको भए जनकपुरको शीर्ष दुई स्थान पक्का हुने थियो। योसँगै जनकपुरले पहिलो क्वालिफायर खेल्ने थियो। तर, अब दुई खेल कम खेल्दै आठ अंक जोडेको सुदूरपश्चिम रोयल्स र समान अंक भएको कर्णाली याक्सको नतिजा जनकपुरले कुर्नुपर्ने भएको छ । 

चितवनको जितसँगै छैटौं स्थानको विराटनगर किङ्स र सातौं स्थानको पोखरा एभेन्जर्स लिगचरणको अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएका छन् । अब चितवनको यात्रा काठमाडौं गुर्खाज र विराटनगरबीचको खेलले निर्धारण गर्नेछ ।

ताजा खबर

सम्बन्धित खबर