२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

शिवराज नगरपालिक–३ मा ज्येष्ठ नागरिकलाई सम्मान 

Nada
अर्जुन बेल्बासे
२०८१ मंसिर १९ गते १५:५५
Shares
शिवराज नगरपालिक–३ मा ज्येष्ठ नागरिकलाई सम्मान 

कपिलवस्तुः कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर-३ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । ‘जेष्ठ नागरिक सम्मान, हाम्रो सभ्यताको पहिचान’ भन्ने नाराका साथ वडाभित्रका ७५ वर्षमाथिका १८० जनालाई सम्मानका साथै न्यानो स्वीटर वितरण गरिएकाे वडाअध्यक्ष टेकलाल सापकोटाले जानकारी दिए ।

ncell

समाजमा सकारात्मक सन्देश प्रवाह गर्न ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको अध्यक्ष सापकोटाले बताए । उनले वडाले विगतका वर्षहरूमा पनि ज्येष्ठ नागरिकमैत्री कार्यक्रमहरू गर्दै आएको बताए । जेष्ठ नागरिकको सहज सुविधाको निम्ति वडाले बैंकमा भत्ता लिन नसक्नेहरूको घरमै भत्ता पुर्‍याउँदै आएको बताउँदै अध्यक्ष सापकोटाले जेष्ठ नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै समय–समयमा स्वास्थ्य शिविरको आयोजना गर्ने गरेको जानकारी दिए ।

यस्तै, शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले सम्मान कार्यक्रमसँगै ज्येष्ठ नागरिकहरूको आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य रहेको बताए। जेष्ठ नागरिक हाम्रो धरोहर भएको भन्दै अधिकृत पौडेलले जेष्ठ नागरिकको अपहेलनाले नयाँ पुस्ता कहिल्यै सफल हुन नसक्ने भनाइ राखे ।

कार्यक्रममा जेष्ठ नागरिक समाजका केन्द्रीय सहसचिव थानेश्वर खनालले नगरपालिकाले ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिरहेको जानकारी दिए। परिचयपत्रले स्वास्थ्य बीमामा छुट प्रदान गर्ने र यातायात सेवा उपयोगमा पनि सहुलियत हुने उनले बताए । ज्येष्ठ नागरिक समाजका नगरकोषाध्यक्ष नरबहादुर पौडेल र कार्यक्रमकी सहभागी अनिता भुसालले यस्तो कार्यले समाजमा ज्येष्ठ नागरिकप्रतिको सम्मानमा वृद्धि हुने बताउँदै वडाको प्रशंसा गरे । 

ताजा खबर

सम्बन्धित खबर