२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

देशमा भ्रष्टाचार मौलायो : अध्यक्ष नेपाल

Nada
२०८१ जेठ १८ गते २०:५५
Shares
देशमा भ्रष्टाचार मौलायो : अध्यक्ष नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा भ्रष्टाचार मौलाएको बताएका छन् ।

ncell

वामपन्थी नेता देवशंकर पौडेलको ‘लिखुसँग आत्मसमर्पण’ पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेपालको राजनीति बिग्रनुको प्रमुख कारण नै भ्रष्टीकरण भएको बताएका हुन् । 

नेपालले भ्रष्टाचार नियन्त्रण र उन्मुलन गर्ने कुरामा ध्यान दिएर देशको योजना बनाउनुपर्ने बताए । ‘अहिलेको राजनीतिमा सबभन्दा बिग्रेको भनेको भ्रष्टीकरण हो । पार्टीका नेता, कार्यकर्ता र देश सबै भ्रष्टाचारले बिग्रेको हो । समाज पनि विकृति र विसंगतिले बिग्रेको छ,’ उनले भने,’यसबाट हामी कसरी उन्मुक्ति पाउने ? कसरी जोगिने कुरामा ध्यान दिनुपर्छ ।’

अध्यक्ष नेपालले नेपालको राजनीति सहज ढंगले अघि नबढेको भन्दै राजनीति सहज बनाउन नेपाल र नेपाली जनतालाई केन्द्रविन्दुमा राख्नुपर्नेमा अहिलेका नेताहरुले त्यसो नगरेको  बताए । 

अध्यक्ष नेपालले सबैले किताब पढ्ने बानी बसाल्नुपर्ने बताए । नेपालले आफू जेलमा रहँदा अधिकांश समय किताब पढेर समय बिताउने गरेको स्मरण गरे । ’अहिले  किताब पढ्ने समय नै मिल्दैन । कहीं गयो की कार्यकर्ताले घेरी हाल्छन् । थुनामा हुँदा धेरै किब पढियो ’, अध्यक्ष नेपालले ठट्यौली शैलीमा भने,‘थुन्दै थुन्दैनन् अहिले, थुनाउनलाई राजै ल्याउनु पर्ने भयो कि क्या हो ।’

उनले एसएलसीपछि आईकम पढ्न जानुअघि आफुले धेरै किताब पढेको बताए । उनले भने, 'पढ्नुस् पढ्नोस् । अध्ययनले ज्ञानको दायरा बढाउँछ ।' आफूले अहिले पनि काठमाडौंबाट एकान्त ठाउँमा गयो भने एउटा दुई वटा किताब सिध्याउने गरेको भन्दै अहिले काठमाडौंले छुट्टी नै नदिने बताए ।

ताजा खबर

सम्बन्धित खबर