२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

प्रेस चौतारी नेपाल रौतहट शाखाको कार्यालय उद्घाटन

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर ५ गते २१:२८
Shares
प्रेस चौतारी नेपाल रौतहट शाखाको कार्यालय उद्घाटन

रौतहट : प्रेस चौतारी नेपाल रौतहट शाखाको कार्यालय उद्घाटन भएको छ । गौरको विपी चौकमा  एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ताले कार्यालयको उद्घाटन गरे ।

ncell

त्यस अवसरमा गुप्ताले एमालेका नेताहरूलाई लक्षित गर्दै सामाजिक संजालमा भ्रम अपवाह फैलाउने काम भइरहेकोमा आपत्ति जनाए । उनले सत्य तथ्यको आधारमा समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरूलाई आग्रह पनि गरे ।

सोही अवसरमा केन्द्रीय सदस्य रेखा झाले प्रेस चौतारीको कार्यालय उद्घाटनको शुभकामना दिदैं स्थानीय तहको उपनिर्वाचनमा तथा जनतामा एमाले प्रति फैलाइएको भ्रमलाई हटाउन कलम चलाउन आग्रह गरिन् ।

एमालेका लेखा समितिका केन्द्रीय सदस्य राजकिशोर प्रसाद यादवले पनि सत्य तथ्य समाचार प्रकाशन तथा प्रसारण गर्न सुझाव दिए ।

प्रेस चौतारीका जिल्ला अध्यक्ष उतम कुमार उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष सचिदानन्द साह, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झा, महासंघका पूर्वजिल्ला अध्यक्ष शैलेन्द्र कुमार गुप्ता, प्रेस चौतारीका जिल्ला इन्चार्ज रमेश तिम्लसिना, मधेश प्रदेश महासचिव गौतम श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।
 

ताजा खबर

सम्बन्धित खबर