२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

साना किसान कृषि सहकारीको १८औं वार्षिक साधारण सभा सम्पन्न

shivam cement
मनु यादव निरज
२०८१ कार्तिक ९ गते २१:४७
साना किसान कृषि सहकारीको १८औं वार्षिक साधारण सभा सम्पन्न

सप्तरी : सप्तरीको खडक नगरपालिका वडा नम्बर –१  सिस्वा बेल्हीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सिस्वा बेल्ही साना किसान कृषि सहकारीले सदस्यहरूबीच निक्षेप संकलन, ऋण लगानी, असुली, सदस्यहरूलाई व्यवसायिक ज्ञान, तालिम कार्यक्रम, अनुशरण कार्यक्रम, रेमिटान्स सेवा, पशु बीमा कार्यक्रम सदस्य सुरक्षा, बीच, बचत कार्यक्रम भैंसी प्रवद्र्धन कार्यक्रम गरिरहेको छ ।

कार्यक्रम खडक नगरपालिकाको मेयर जयप्रकाश चौधरीको प्रमुख आतिथ्यता तथा उक्त सहकारीका अध्यक्ष विष्णुदेव मण्डलको अध्यक्षतामा सम्पन्न भएको छ ।  

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका लेखा समिति संयोजक सुरेश प्रसाद श्रेष्ठले प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक  तथा प्रबन्धक श्रवण कुमार साहले सञ्चालन गरेको थियो ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्नुका साथै शेयर सदस्यहरुलाई कोदालो वितरण गरेको थियो । कार्यक्रममा खडक नगरपालिका वडा नं.१ का वडा अध्यक्ष राजकुमार साह, २ का वडा अध्यक्ष हरेराम मण्डल, रामनगर साना किसान सहकारी संस्थाका अध्यक्ष रामचन्द्र यादव, सरस्वती साना किसान सहकारी संस्थाको अध्यक्ष  चानोदेवी राम, जिल्ला संघ सप्तरीको अध्यक्ष बलराम यादव, नकटिरायपुरका प्रबन्धक  घनश्याम यादव, पातोका अध्यक्ष सत्यनारायण यादव, छिन्नमस्ताका अध्यक्ष बिरेन्द्र साह,यस  संस्थाका संस्थापक अध्यक्ष श्याम सुन्दर साह, सबल नेपालका खर्क  नारायण चौधरी, कृषि ज्ञानकेन्द्र सप्तरीका प्रमुख किसुनदेव राउत, बागवानी विकास अधिकृत रक्षा यादव लगायत जिल्लाका विभिन्न सहकारी संस्थाका प्रमुखहरु, अध्यक्षहरु, सुरक्षाकर्मी, बुद्धिजीवी, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise