२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

मजदुर संगठनहरुले बुझाए श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा ध्यानाकर्षण पत्र

shivam cement
लेखनाथ सिकारु
२०८१ कार्तिक ५ गते १२:२९
मजदुर संगठनहरुले बुझाए श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा ध्यानाकर्षण पत्र

काठमाडौं : श्रमिक संगठनहरुले आइतबार श्रमिकहरुको हक हित र सुरक्षाको माग गर्दै श्रम तथा ब्यवसायजन्य सुरक्षा विभाग मिनभवनमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

श्रमिकहरुको  पक्षमा वकालत गर्दै आएको संस्था नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन र नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन, नेपाल एकीकृत होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियनले, आइतबार विभागका महानिर्देशकलाई श्रमिक संगठनका नेताहरुले संयुक्तरूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

ध्यानाकर्षण पत्रमा श्रम तथा रोजगार कार्यालय टेकू, काठमाडौंका कर्मचारीले ट्रेड यूनियन विरूद्ध अनावश्यक प्रोपोगाण्डा मच्चाउने काम गरेकाले उक्त कार्य तत्काल रोक्न अनुरोध गर्दै मजदुर वर्गको सम्मान गर्न अपिल गरिएको छ । 

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘श्रम तथा रोजगार कार्यालय काठमाडौका कर्मचारीले मजदुर संगठनका नेताहरूलाई  आपत्तिजनक र अपमानित शब्द प्रयोग गर्ने, श्रमिक संगठनकाविरुद्ध गलत अभिव्यक्ति दिने, श्रमिकलाई परेको समस्याको  काममा ढिलासुस्ती गर्दै आएकाले छ ।’ 

नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका अध्यक्ष प्रेम बहादुर कार्की, नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनकी अध्यक्ष तारादेवी केसी, नेपाल एकीकृत होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियनका उपाध्यक्ष हेम बहादुर पंण्डितद्वारा जारी गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ । 

उक्त कार्यालयका कर्मचारीले कानून सम्मत निवेदन दर्ता गर्न नमान्ने, श्रमिकलाई डर, धम्की दिदै थर्काउने, श्रमिक संगठनमा मजदुरलाई नलाग्न भन्ने र संगठनहरुले रोजगारदाता कम्पनीसँग पैसा खाने गरेका छन् भनी गलत आरोप लगाउने गरेकाले राज्यको संविधान र ऐनविरुद्ध बोल्ने कर्मचारीलाई तुरुन्तै विभागिय कारबाही गर्न माग गरिएको छ । 

ध्यानाकर्षण पत्र बुझ्दै महानिर्देशकले  सम्बन्धित कार्यालयका प्रमुखलाई बोलाएर छलफल गर्नुका साथै कानून विपरीत अभिव्यक्ति दिने, श्रमिकलाई अनावश्यक दुःख दिने, निवेदन दर्ता गर्न नमान्ने, काममा ढिलासुस्ती गर्ने, श्रमिकको कुरा नसुन्ने  कर्मचारीलाई सचेत गराउने र यदि सचेत गराउँदा पनि नभए  कानून बमोजिम विभागिय कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । 

महानिर्देशकको कार्यालय मिनभवनमा मजुदर संगठनका नेताहरु बाक्लो उपस्थिति रहेको थियो । ध्यानाकर्षण पत्र बुझाउने संगठनका नेताहरु नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका अध्यक्ष प्रेम बहादुर कार्की , महासचिव बेद प्रसाद हुमागाँई, नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनकि अध्यक्ष तारादेवी के.सी., नेपाल एकीकृत होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष र उपाध्यक्षसहित मजदुर नेताहरुको सहभागिता थियो ।

ADV

सम्बन्धित खबर

Advertise