२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

हरेक वर्ष बम नहरमा बाढी आउँदा सडक अवरूद्ध, स्थानीय समस्यामा

इसत्याक अहमद
२०८१ असोज २७ गते २१:०२
हरेक वर्ष बम नहरमा बाढी आउँदा सडक अवरूद्ध, स्थानीय समस्यामा

रौतहटः रौतहटको राजपुर नगरपालिकाअन्तर्गत पर्ने बम नहरमा आउने बाढीका कारण सडक पटक–पटक भत्किदा स्थानीय समस्यामा परेका छन्। हरेक वर्ष बाढीको कारणले सडक, खेती र आसपासका घरहरूमा पानी पसेर जनजीवन प्रभावित हुँदै आइरहेको हो । यस समस्याको समाधानका लागि अहिले मर्मत कार्य अघि बढेको राजपुर नगरपालिकाले जनाएको छ । 

स्थानीय वुद्धिजीवि र युवाहरूले मर्मतकार्यका बीचमा आवतजावतमा अवरोध नआओस् र स्थानीय जनताले सुरक्षित महसुस गर्न सकुन् भनि सडक छेउको बम नहर मर्मतका क्रममा डाइभर्सन (पानी निकासको वैकल्पिक मार्ग) निर्माणको माग गरेको पनि नगरपालिकाले जनाएको छ । प्रत्येक वर्ष बाढीका कारण सडक भत्किँदा पानी स्थानीयको घरमा प्रवेश गर्ने समस्या बढ्ने हुँदा यसलाई दीर्घकालीन समाधानको लागि कदम उठाउनुपर्ने उनीहरूको माग छ । राजपुर नगरपालिका वडा ३, र , ८, ९ बाढीको जोखिम रहेको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर