२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

सिकाइ प्रक्रिया र मूल्यांकन पद्धतिमा सहजता ल्याउन कार्यशाला

shivam cement
सन्तोष पौडेल
२०८१ असोज ३ गते २२:०४
सिकाइ प्रक्रिया र मूल्यांकन पद्धतिमा सहजता ल्याउन कार्यशाला

बर्दिया : बर्दियाको गुलरिया नगरपालिकामा सामुदायिक विद्यालयका प्राथमिक तहका शिक्षकहरूलाई लक्षित गरेर एकीकृत पाठ्यक्रमसम्बन्धी कार्यशाला सञ्चालन गरिएको छ । प्लान इन्टरनेशनल नेपालद्वारा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत बाँके युनेस्को क्लब र शिक्षा, युवा तथा खेलकुद शाखा गुलरिया नगरपालिकाको समन्वयमा शिक्षकहरूलाई एकीकृत पाठ्यक्रम सम्बन्धी तीन दिने कार्यशाला सञ्चालन गरिएको हो ।

शिक्षकहरूलाई विद्यार्थीहरूको सिकाइ प्रक्रिया तथा मूल्यांकन पद्धतिमा सहजता ल्याउन तथा सकारात्मक लैंगिक अभ्यासहरूको सिकाइ, समाजमा रहेका नकारात्मक लैगिंक अवधारणा सम्बन्धी सोंचहरुमा परिवर्तन ल्याउन, विद्यार्थीहरूको व्यवहारमा परिवर्तन, नैतिक शिक्षामा जोड दिँदै विद्यार्थीहरूको सृजनशीलता सीप विकास, नव परिवर्तन तथा वैज्ञानिक र व्यवहारिक शिक्षण सिकाइ उपलब्धि प्राप्त गर्नमा सहयोग पुर्‍याउनुका साथै विद्यालयको समग्र विकास र व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यशालाको गरिएको सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछानेले बताए । 

कार्यशालामा गुलरिया नगरपालिका ४६ वटा सामुदायिक विद्यालयका १ सय ४० जना प्राथमिक तहका शिक्षकहरूको सहभागिता रहेको थियो । 
कार्यशालाको सहजिकरण मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनाल तथा ठाकुरबाबा नगरपालिका शिशु बाल मन्दिरका प्रधानाध्यापक शंकर प्रसाद आर्चायले गरेका थिए । 

कार्यशालाले  एकीकृत पाठ्यक्रममा मल्याकंन पद्धति तथा व्यवहारिक शिक्षण सिकाइ तथा विद्यार्थीको सिकाइ उपलब्धी बढाउनमा सहयोग पु¥याउने सहभागीहरूले बताए ।

उनीहरूले नगरपालिकाले विद्यालयमा विद्यार्थीको संख्या अनुसार शिक्षकहरूको व्यवस्थापन नर्गदा मल्यांकन पद्धतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नसकिइरहेको वर्तमान अवस्थामा कार्यशालाले मूल्यांकन पद्धतिलाई सहज बनाउन सहयोग गर्ने बताए ।

ADV

सम्बन्धित खबर

Advertise