२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

मुस्लिम इत्तेहाद संगठन सुनसरीको अध्यक्षमा अन्सारी

shivam cement
इसत्याक अहमद
२०८१ भदौ १६ गते २२:०८
मुस्लिम इत्तेहाद संगठन सुनसरीको अध्यक्षमा अन्सारी

सुनसरी : मुस्लिम इत्तेहाद संगठन सुनसरीको चौथो जिल्ला अधिवेशनले तुफेल अहमद अन्सारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । आइतबार भएको जिल्ला अधिवेशनले उपाध्यक्षमा मो. एजाजुल (गढी), सचिवमा आकिब हुसेन (इटहरी), उपसचिवमा नवाजुल सिद्दिकी (भोक्राहा) लाई चयन गरेको छ । अधिवेशनले २५ जना सदस्यसमेत चयन गरिएको छ । 

इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले सुनसरी एमाले जिल्ला इञ्चार्ज तथा पूर्व मन्त्री जगदिशप्रसाद कुसियत, पार्टी केन्द्रीय सदस्य तथा इत्तेहादका महासचिव तैयब हुसेन, एमाले नेता तथा पूर्वमन्त्री जाकिर हुसैन र प्रदेश सदस्यद्वय लश्करी अन्सारी र आबिद हुसेनको विशेष पहलमा आइतबार सहमति कायम गरिएको हो ।

नेपाल मुस्लिम इत्तेहाद संगठन नेकपा एमालेको भातृसंगठन हो । २०४८ सालमा नजीर मियाँको अध्यक्षतामा यसको स्थापना भएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise