२०८२ असार ७ गते शनिवार / Jun 21 , 2025 , Saturday
२०८२ असार ७ गते शनिवार
Ads

क्रियाशील सदस्यता वितरण व्यवस्थित बनाउन जिल्लाभर प्रतिनिधि खटाउने कांग्रेसको निर्यण

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ भदौ १४ गते १९:२७
क्रियाशील सदस्यता वितरण व्यवस्थित बनाउन जिल्लाभर प्रतिनिधि खटाउने कांग्रेसको निर्यण

अर्घाखाँची : नेपाली कांग्रेस अर्घाखाँचीले जिल्लाका सबै वडामा प्रतिनिधि खटाउने भएको छ । कांग्रेसले क्रियाशील वितरणलाई व्यवस्थित बनाउन, वडादेखि जिल्लासम्मको सम्मेलन गर्न तथा संगठनलाई चुस्त बनाउन प्रतिनिधि खटाउने भएको हो । 

बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्लाको क्यालेण्डरअनुसार पार्टीलाई व्यवस्थित बनाउन प्रतिनिधि खटाउने निर्णय गरेको पार्टी सचिव कृष्ण खनालले जानकारी दिए ।

जिल्लाका ६१ वटै वडामा प्रतिनिधि खटाएर क्रियाशील सदस्यता वितरणलाई तीव्रता दिनुका साथै नयाँ क्रियाशील भर्ने तथा नवीकरण गर्ने प्रक्रिया शुरु गरेको हो ।  तिहारलगत्तै शुरु हुने वडा सम्मेलनलाई सुव्यवस्थित बनाउन पार्टीले तयारीसमेत गरेको छ । 

गठन हुन नसकेका भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिने विषयमा समेत बैठकले महत्वपूर्ण निर्णय गरेको छ । बैठकले भ्रातृ संस्था कमजोर हुँदै गर्दा त्यसको असर पार्टीमै देखिएकाले तत्काल पूर्णता दिनेगरी अघि बढ्ने निर्णय गरेको छ ।  

यस्तै पार्टीको संगठनलाई थप मजबुत बनाउन पार्टीका केन्द्रीय स्तरका नेताहरु, पूर्वपार्टी सभापतिहरु तथा भुगोलका नेताहरुको संयोजकत्वमा सबै वडामा गएर जनताका समस्या पहिल्याउने, समस्या टिपोट गर्ने र समाधानका उपायहरु खोजी गर्ने कार्यतालिकासमेत बनाउने कांग्रेस अर्घाखाँचीले जनाएको छ । 

बैठकमा कार्यसमितिका अलावा लुम्बिनी प्रदेश सह–महामन्त्री बिष्णु मुस्कान, लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी, पूर्वपार्टी सभापति कमल प्रसाद भुसाल, महाधिवेशन प्रतिनिधि छमा कार्की, चन्द्रा गैरे, नेविसंघ अध्यक्ष कृष्ण भुसाल, नेपाल प्रेस युनियन अध्यक्ष लक्ष्मण घिमिरेलगायतको पनि उपस्थिति थियो । 
कार्यक्रम सभापति केशव श्रेष्ठको अध्यक्षता तथा सचिव कृष्ण खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

ADV

सम्बन्धित खबर

Advertise