२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

स्वमूल्यांकनमा राजपुर तेस्रो स्थानमा

shivam cement
इसत्याक अहमद
२०८१ भदौ ८ गते २१:४६
स्वमूल्यांकनमा राजपुर तेस्रो स्थानमा

रौतहट : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.व.२०७९/०८० स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको नतिजा प्रकाशन गरेको छ । 
उक्त नतिजा प्रकाशनमा रौतहट जिल्लामा राजपुर नगरपालिका तेस्रो स्थान प्राप्त गर्न सफल भएका छ्न ।

प्रत्येक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमार्फत मन्त्रालयले शासकीय प्रवन्ध, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवंम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशिकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय गरी जम्मा १० वटा शिर्षकमा प्रत्येक स्थानीय तहले सम्पादन गरेका कामकारवाही, सेवा प्रवाहका प्रमाण सहितका कागजातहरु अनिवार्य रुपमा अपलोड गर्ने व्यवस्था विगत ४ वर्षदेखि लागु भएता पनि विगत ३ वर्षदेखि प्रत्येक स्थानीय तहले कार्यान्वयनमा ल्याइएको थियो । 

स्वमूल्यांकनको आधारमा नै सम्बन्धित निकायबाट स्थानीय तहक लागि बजेट विनियोजन गर्ने प्रक्रिया अपनाइएको कुरा अर्थ मन्त्रालय र राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले जनाएको छ ।

राजपुर नगरपालिकाका नगर प्रमुख  डा.मो राजीक आलमले आफ्नो कार्यकाल सम्हालेको दिनदेखि नै कार्यालयले सम्पादन गरेको काम कारवाही र सेवा प्रवाहहरुको कार्य विवरण पारदर्शिताका साथ सेवा प्रवाह गर्दे आइरहेको बताए । 

प्रत्येक वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन अपलोड गर्ने कार्यमा तत्कालिन कार्यालय प्रमुख बैजु ठाकुर, लेखा अधिकृत मनोज राज कर्ण, फोकन पर्सन हरेन्द्र कुमार साह लगायत सहयोग गरेका सम्पूर्ण शाखाका शाखा प्रमुखसहित सम्पूर्ण कर्मचारीहरुलाई हार्दिक धन्यवाद दिँदै आगामी दिनमा पनि कर्मचारी वर्गबाट सहयोगको अपेक्षा राखेको कुरा नगर प्रमुख आलमले बताए ।

ADV

सम्बन्धित खबर

Advertise