२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

‘रस्टिक स्टोर’ निर्माणः आलुको बिउ भण्डारणमा सहज

shivam cement
रुपक खड्का
२०८१ जेठ २६ गते २१:२४
‘रस्टिक स्टोर’ निर्माणः आलुको बिउ भण्डारणमा सहज

बझाङ : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बझाङले जिल्लाको सबैभन्दा बढी मात्रामा आलु उत्पादन हुने सुर्मा गाउँपालिका–४ स्थित थुकुन्डाडा गाउँमा ‘रस्टिक स्टोर’ निर्माण गरेको छ । 

आलुको बजारीकरण र उन्नत बिउबिजनका लागि सुरक्षित भण्डारणका गर्ने समस्या झेल्दै आएको सो ठाउँका किसानको उत्पादनलाई सुरक्षित भण्डारण गर्न रस्टिक हाउस निर्माण गरिएको हो । ‘रस्टिक स्टोर’ निर्माण भएसँगै कृषकहरु खुसी भएका छन् । 

स्थानीय स्तरमा धेरै मात्रामा आलु उत्पादन हुने र ढिलोसम्म भण्डारण गर्न लागि रस्टिक हाउस निर्माणले सहयोग पुग्ने, आलु कुहिने, किरा लाग्ने समस्या कम हुने कृषक युवराज सुर्मेलीले बताए  । उनले भने,‘हामीले उत्पादन त धेरै गर्छौं, तर भाउ पाउँदैनौं, कुहिएर खेर जान्छ, अन्य बालीको उत्पादन कम हुने भएकोले गाउँका सबैले खाद्यान्नको गुजारा आलु बेचेर नै गर्ने गरेका छौं ।’

१४ लाख रुपैयाँको लागतमा निर्माण भएको रस्टिक हाउस विशेषगरी आलुको बिउलाई सुरक्षित भण्डारण गर्नका लागि प्रयोग गर्न परियोजना इकाई बझाङका प्रमुख चरित्र नारायण यादवले आग्रह गरे । 

पाँच मेट्रिक टन क्षमताको रस्टिक हाउस निर्माणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बझाङबाट आव २०८०/८१ को स्वीकृत कार्यक्रममार्फत १२ लाख, र सुर्मा सेरोफेरो बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्मको अनुदानबाट २ लाख गरी जम्मा १४ लाख लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो । 

परियोजनाले अघिल्लो पटकको कार्यक्रममार्फत सुर्मा गाउँपालिका वडा १ को दौलिचौरमा रस्टिक स्टोर निर्माण गरेको र उक्त स्टोरमा जम्मा भएको १ सय ५० क्विन्टल आलुले राम्रो मूल्य पाएको र बिउका लागि पनि सुरक्षित भएको वडा नं १ का अध्यक्ष दिनेश बोहराले बताए । 

आलुको पकेट क्षेत्र मानिएको यस क्षेत्रमा रस्टिक हाउस नहुँदा उत्पादित आलुको सुरक्षा र बजारीकरणमा चुनौती बनेकोमा अब किसानको उत्पादन र बजारीकरण मात्रै नभइ आलुको बीउ समेत जोगाउन सकिने सुर्मा सेरोफेरो कृषि फर्मका सदस्य हरिलाल बोहराले बताए । 

उनले भने, ‘यसअघि घरमा भण्डारण गरेको आलु अत्याधिक पानीका कारण कुहिने, कीरा लाग्ने, मुसाले खाने र रोग तथा प्रतिकुल वातावरणका कारण चाडै नोक्सान हुने गर्दथ्यो, तर अब त्यो चिन्ताबाट मुक्त भएको छ ।’

त्यसै शनिबार प्रधानमन्त्री आधुनिकीकरणका प्रमुख यादवको अध्यक्षतामा उक्त रस्टिक हाउसको संयुक्त अनुगमन गरिएको छ । भवनको भौतिक प्रगतिबारे प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेल, जिल्ला समन्वय समितिका सदस्य गोरख बहादुर सिंह, प्रहरी नायब उपरीक्षक भरत शाह, सेनानी धिरज रावत, प्र.अ.अ गोबिन्द्र प्रसाद पाण्डे, वन डिभिजन कार्यालय बझाङका प्रमुख शम्भु प्रसाद तिवारी लगायतको टोलीले स्थलगत अनुगमन गरेको हो । 

ADV

सम्बन्धित खबर

Advertise