२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

रौतहटको माधवनारायणमा निःशुल्क आँखा शिविर, १ सय १३ को शल्यक्रिया हुने

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ पुष ५ गते १६:२१
Shares
रौतहटको माधवनारायणमा निःशुल्क आँखा शिविर, १ सय १३ को शल्यक्रिया हुने

रौतहट : रौतहटको माधवनारायण नगरपालिकामा शनिबार आयोजित बृहत् निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ । रूइत फाउन्डेसनको सहयोग तथा नेपाल नेत्रज्योति संघ, गौर आँखा अस्पतालको आयोजनामा सेवा निवृत्त कर्मचारी संघको पहलमा शिविर सञ्चालन गरिएको हो । 

ncell

वडा नम्बर ६ स्थित द लिटल न्यू स्टार बोर्डिङ स्कुलको प्रांगणमा भएको शिविरमा ३ सय ६१ जनाले सेवा लिएका थिएका छन् । जसमा २ सय ५१ महिला र १ सय १० पुरुष रहेका छन् । परीक्षणका क्रममा मोतियाविन्दुसहित गम्भीर समस्या देखिएका १ सय १३ जनालाई शल्यक्रियाका लागि छनोट गरिएको छ । 

शिविरमा १ सय ६८ जनालाई निःशुल्क औषधि र १ सय २७ जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो । शल्यक्रियाका लागि छनोट भएका बिरामीलाई आइतबारदेखि मंगलबारसम्म गौर आँखा अस्पतालमा निःशुल्क यातायात, उपचार, आवास र शल्यक्रिया सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ । 

स्थानीयस्तरमै यस्तो सेवा पाउँदा वृद्धवृद्धा तथा आर्थिक रूपमा कमजोर नागरिकहरू खुसी देखिएका छन् । सामाजिक उत्तरदायित्व वहन गर्दै गरिएको यस पहलको स्थानीयले प्रशंसा गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर