२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

बालिकालाई साइकल सहयोग

shivam cement
सन्तोष पौडेल
२०८२ असार ७ गते २२:०६
बालिकालाई साइकल सहयोग

बर्दिया : बर्दियाको राजापुर नगरपालिकाका संकटासन्न तथा पछाडि पारिएका समुदायका बालिकाहरुलाई साइकल सहयोग गरिएको छ । राजापुर नगरपालिकाको समन्वय तथा प्लान इन्टर नेशनल नेपाल र बाँके युनेस्को क्लवको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तरगत साइकल सहयोग गरिएको हो । 

परियोजना लागु भएका विद्यालयमा अध्ययनरत प्लान प्रायोजित अतिविपन्न, मुस्लिम दलित संकटासन्न र पछाडि पारिएका समुदायका बालिका लाई साईकल सहयोग गरिएको हो । एक कार्यक्रमकाबीच राजापुर नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरीले २ लाख ८० हजार २ सय ४० रुपैयाँ बराबरको साइकल ३१ जना बालिकाहरुलाई प्रदान गरिन् ।

बालिकाहरुको शिक्षामा पहुँच बढाउनुका साथै विद्यालयमा टिकाइ राख्न र विद्यालयमा निरन्तरता बढाउने उद्देश्यका साथ उनीहरुलाई साइकल सहयोग गरिएको परियोजनाले जनाएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise