२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

गारमेन्ट संचालन गर्न सामग्री वितरण

सन्तोष पौडेल
२०८२ जेठ २३ गते २२:०१
गारमेन्ट संचालन गर्न सामग्री वितरण

‎बर्दिया : ‎‎बर्दियामा बालविवाह गरेका तथा बालविवाहको जोखिममा परेका अतिविपन्न वर्गका महिलाहरुलाई गारमेन्ट संचालनका लागि सामग्री वितरण गरिएको छ । ‎ठाकुरबाबा र बारबर्दिया नगरपालिकाका १८ देखि २४ वर्ष उमेर समूहका २५ जना महिलाहरुलाई १७ लाख ९६ हजार ८ सय ७५ हजार रुपैयाँ बराबरको  सामग्री वितरण गरिएको हो । 

‎२ वटै पालिकाको समन्वयमा तथा प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (विग्रुप)को साझेदारीमा संचालित बालविवाह न्यूनीकरण परियोजनाको व्यवसायिक सीप विकास कार्यक्रम अन्तर्गत सामग्री वितरण  गरिएको हो । ‎दीगो रूपमा व्यवसाय संचालन गरी आर्थिक सशक्तिकरणमा टेवा पुर्‍याउन र  अर्थोपार्जनमा सक्षम बनाउने उद्देश्यका साथ उनीहरुलाई गारमेन्ट संचालनका लागि सामग्री वितरण गरिएको विग्रुपका प्राविधिक संयोजक खेमराज भण्डारीले जानकारी दिए । 

‎सामग्री वितरणपूर्व पालिकाको छनौटमा परेका  ठाकुरबाबा नगरपालिकाका ८ जना र बारबर्दिया नगरपालिकाका १७ जना युवा महिलाहरुलाई ३९० घण्टे गारमेन्ट तालिम प्रदान गरिएको थियो । तालिम पश्चात उनीहरुलाई गारमेन्ट संचालनका लागि आवश्यक सामग्री वितरण गरिएको हो ।

ADV

सम्बन्धित खबर