२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

मदन-आश्रितको स्मृतिमा एमाले बझाङले गर्याे जिल्ला अस्पतालमा रक्तदान

सत्यराज सिंह
२०८२ जेठ ३ गते १४:३८
मदन-आश्रितको स्मृतिमा एमाले बझाङले गर्याे जिल्ला अस्पतालमा रक्तदान

बझाङ : नेकपा (एमाले) का तत्कालिन महासचिव तथा  जननेता मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३२ औँ स्मृतिमा जिल्ला अस्पताल बझाङमा रक्तदान गरिएको छ । 

नेकपा एमाले जिल्ला कमिटी बझाङकाे आयोजनामा गरिएको रक्तदान कार्यक्रममा १० जनाले  रक्तदान गरेकाे र बाँकी  ३० जनाले चाहेकाे खण्डमा उपलब्ध गराउने गरी  ग्रुपिंङ गरेकाे नेकपा(एमाले) जिल्ला कमिटी बझाङले जनाएको छ ।

नेकपा एमाले जिल्ला कमिटी बझाङका अध्यक्ष दिल बहादुर भण्डारीले कुनै पनि व्यक्तिले रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नेताहरूकाे सम्झनामा रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उप-सचिव पंकज भण्डारीले मानिसको जीवनको लागि रक्तदानको ठूलो महत्त्व रहेकाले अझै पनि रक्तदानप्रति बुझाई सकारात्मक बन्न नसकेकोले समुदायमा सचेतना फैलाउनका लागि रक्तदान गरिएकाे बताए । उनले एमालेका स्वर्गीय नेताहरूको स्मृतिमा रक्तदान आयोजना गरेर योगदानको स्मरण गरेकाे बताए । 

नेकपा एमालेका जिल्ला कमिटी सचिव नयन बाेहराले मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शक
सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनाए बताए । रक्तदान कार्यक्रममा नेकपा एमालेका नेताकार्यकर्ता, राष्ट्रिय युवासंघ र अनेरास्ववियुका नेताहरू सहभागी रहेका थिए ।

ADV

सम्बन्धित खबर