चरिकोट : अमेरिकन पर्यटकहरुले सोक्ला भ्यालीमा रक क्लाइम्बिङ गरेका छन् । सगरमाथा यात्रामा रहेका अमेरिकन नागरिकहरुको १३ जनाले ४२० मिटरको उचाइमा रहेको सोक्ला रक क्लाइम्बिङ आरोहण गरेका हुन् ।
सोक्लाश्वरी पर्यटन विकास समाजको नेतृत्वमा सञ्चालन भइरहेको रक क्लाइम्बिङमा पहिलो पटक विदेशी पर्यटकले आरोहण गरेका हुन् । अमेरिकाको साउथ स्टन युनिभर्सिटि फ्लोरिडाको प्राफेसरसहितको टिमले रक क्लाईम्ङि गरिएको पर्यटन समाजका अध्यक्ष अर्जुन पाख्रिनले जानकारी दिए ।
युनिभर्सिटिका म्याथु वर्नेट, अलेक डन्डर जोसुवा, इजी विएल, एन्ड्रयु, इएन, इजा बेला कोलेवान, डेबले लगाएतको टिमले रक क्लाइम्बिङ गरेका हुन् ।
दोलखाको सोक्ला भ्यालीलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित विगत ५ वर्षदेखि रक क्लाइम्बिङको प्रवद्र्धन गरीरहेको पर्यटन समाजका अध्यक्ष पाख्रिनको भनाइ छ ।
ईलाम माइपोखरीका गाइड अमरदिप वान्तवाले अमेरिकन नागरिकहरुलाई सोक्ला भ्यालीसम्म पुर्याएका हुन् ।
उनीहरुलाई सोक्ला भ्यालीको ताम्बा संस्कृतिद्वारा स्वागत गरिएको थियो । साउथ स्टन युनिभर्सिटि फ्लोरिडाको प्राफेसर म्याथु वर्नेटले रक क्लाइम्बिङपछि यो जीवनकै उत्कृष्ट साहसिक अनुभव भएको बताए ।
‘नेपालमा मेरो तेस्रो पटकको यात्रा हो । दोलखा पहिलो पटक । यही क्रममा सोक्ला रक क्लाइम्बिङ गर्ने अवसर मिल्यो,’उनले भने,‘सगरमाथा आरोहणमा सहज हुनेछ । म अर्को वर्ष आरोहणका लागि बेसक्यामसम्म जाँदैछु ।’ उनीसँगै अर्का आरोही इजी विएलले भनिन्,‘यो यात्रा रोमाञ्चोक हुने भयो । सायदै, यो मेरो जीवनको पहिलो अनुभव हो । डर थियो । तर, साहस भएकै कारण यो चटान चढ्न सजिलो भयो ।’
सोक्लाको भीर देखेर एन्ड्र यु डराएका थिए । ‘हामीले यो खालको एडभेन्चर अनुभव गरेका थिएनौं । रक क्लाइम्बिङको टपमा पुगेपछि सिंगो सोक्ला भ्याली, तामकोशी र गौरींशकर हिमालको श्रृंखला देख्दा अच्चम लाग्यो,’ एन्ड्रले भने,‘पाखो पहाड धेरै देखे तर एकै ठाउँबाट फाँट, बस्ति, खोला, जंगल र हिमाल देख्ने ठाउँ भने देखेको थिएन’ उनी निकै प्रफुल्ल थिए ।
अमेरिकाको युनिभर्सिटिमा रक क्लाइविङको लोगो
अमेरिकाको साउथ स्टन युनिभर्सिटि फ्लोरिडामा सोक्ला रक क्लाइम्बिङको लोगोसहितको मायाको चिनो राखिने फ्रोफेसर म्याथु वर्नेट बताए । खुसी हुँदै उनले भने,‘सोक्ला भ्यालीको संस्कृति, मायाको चिनो युनिभर्सिटिमा राख्ने छु ।’ अमेरिकन नागरिकसहित हिमालयन क्राउन एकेडेमीका ३९ जना विद्यार्थीहरुले रक क्लाइविङ गरेका छन् । उनीहरुको टिमबाट कविता तामाङ प्रथम, रितिका माया मगर दोस्रो र निमा डेभिट शेर्पा तस्रो भएको पर्यटन विकास समाजले जनाएको छ । उनीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
सोक्ला रक क्लाइम्बिङ फेस २०८२ नाम दिएर आयोजना गरिएको यस कार्यक्रममा नेपाली कांग्रेस दोलखाका सभापत्ति बर्मा लामाले समेत रक क्लाइम्बिङ गरेका थिए । सोक्ला भ्यालीको विकास र दोलखाकै पर्यटनक आर्थिक विकासको लागि रक क्लाइम्बिङ कोसेढुंगा हुने बताए । साथै उनले रक क्लाइम्बिङमा सहभागी अमेरिकी नागरिकहरु र हिमालयन क्राउन एकेडेमीका विद्यार्थीहरुलाई प्रमाण पत्र प्रदान गरेका थियो ।