जनकपुर : जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ कनकपट्टी गाउँमा मदरसाको शिलान्यास गरिएको छ । जनता समाजवादी पार्टी नेपालका नेता तथा मधेश प्रदेश सभा सदस्य रामअशिष यादवले आइतबार एक समारोहकाबीच मदरसाको शिलान्यास गरेका छन् ।
सो अवसरमा जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ का वडाध्यक्ष रामवृक्ष यादव, निर्वतमान वडाध्यक्ष परमेश्वर यादव, संत कबिर राजेन्द्र साहेब, समाजसेवीहरु असर्फी साह, तिलेश्वर यादव,तेजनारायण यादव,विशेश्वर यादव, विन्देश्वर यादव र लक्ष्मण यादव जसपा नेपालका वडा कमिटीका अध्यक्ष दुखी यादव लगायतको उपस्थिति रहेको थियो ।
मुस्लिम बालबालिकाहरुलाई मातृभाषा उर्दुमा अध्ययन गर्ने उद्देश्यले मधेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको सहयोगबाट सो मदरसाको निर्माण गर्न लागिएको हो ।