कपिलवस्तु : कपिलवस्तु सानो बुटहनियास्थित उखुबारीमा संरक्षित वन्यजन्तु निलगाईको अवैध शिकार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवराज नगरपालिका–२ का फरहान खाँन रहेका छन्।
ईलाका प्रहरी कार्यालय कृष्णनगर र प्रहरी चौकी उदरपुरको संयुक्त टोलीले स्थानीयको सहयोगमा शनिबारराति करिब १ बजे उनलाई नियन्त्रणमा लिएको हो । शिकारको क्रममा प्रयोग गरिएको बा.१७ च ८९० नम्बरको हाइलक्स गाडी, भारतीय नम्बर प्लेटको पीकअप (यूपी ५५ आर ६१७६), लु.५० प ४१२ नम्बरको मोटरसाइकल र अर्को भारतीय मोटरसाइकल बरामद गरिएको छ ।
प्रहरीले खाँनको साथबाट ६ थान गोली, चक्कु र अन्य शिकार सामग्री पनि फेला पारेको छ । मारिएको निलगाई, हतियार र सवारी साधनसहितका सामग्रीहरू गौतमबुद्ध डिभिजन वन कार्यालय, चन्द्रौटामा बुझाइएको छ । घटनासम्बन्धी अनुसन्धान सहायक वन अधिकृत पहलमान सेर्बुजा मगरको नेतृत्वमा अघि बढाइएको छ ।