२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

बालविवाह रोक्न बृहत् बालिका सम्मेलन

shivam cement
कमल कुमाल
२०८१ चैत ११ गते २२:१९
बालविवाह रोक्न बृहत् बालिका सम्मेलन

कालीकोट : कालीकोट मान्ममा जिल्ला स्तरिय बालिका सम्मेलन सुरु भएको छ । समाजमा भइरहेका बालविवाह, जबरजस्ती विवाह जस्ता विकृति विसंगतीलाई रोक्न जिल्लास्तरिय किशोरी भेला सुरु भएको हो ।

प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग तथा जिल्ला समन्वय समिति कालीकोटको समन्वय, मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटको सहजीकरणमा सम्मेलन सुरु भएको हो ।

कार्यक्रम मानव अधिकार तथा वातावरण विकास केन्द्र हरेन्डेक नेपाल कालीकोटका अध्यक्ष गौरी कुमारी शाहीको अध्यक्षता तथा जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित शाहीको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गंगा बोगटी, महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह भिजन, सामाजिक विकास कार्यालय कालीकोटका प्रमुख रमेश लोहार, शिक्षा विकास समन्वय इकाई कालीकोट प्रमुख सरोकारवाला निकायको सहभागिता रहेको छ । 

कार्यक्रमको बारेमा स्पष्ट पार्दै जिएसएस प्रोग्राम संयोजक टेकबहादुर थापाले महिलामाथि हुने विभिन्न खालका, बालविवाह छिटो विवाह, जबरजस्ती विवाह, घरेलु हिंसा, छुवाछुतबारे जानकारी दिएका थिए । 

त्यस्तै  प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले आफ्ना अधिकारका विषयमा किशोरीहरुले मागेर हैन खोस्नुपर्छ र त्यसका लागि आफु शिक्षित हुनुका साथै सीप विकास गर्नका लागि किशोरीहरु अब सकृय हुनुपर्ने बताए । 
महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले वर्तमान जीवनलाई भविष्यमा कसरी अगाडि बढ्ने भन्ने विषयमा निरन्तर लाग्न र जीवनलाई कुन दिशातिर लैजाने भन्ने विषयमा कटिबद्ध हुन आग्रह गरे । 

जिल्ला समन्वय समितिका प्रमुख धनजीत शाहीले समाजमा विभेद रहेको र संविधानले खुल्ला गरेको बाटोमा गएर लाग्न र समुदायमा वा किशोरीमा हुने शारीरिक, मानसिक, स्वास्थ्य समस्याको मूल कारक रहेको बताए । 
साथै नेकपा माओवादी केन्द्र केन्दीय सदस्य तथा कालीकोट जिल्ला सह–इन्चार्ज गंगा बोगटीले सुनौलो भविष्य निर्माण गर्नुका साथै देश परिवर्तन गर्नका लागि किशोरीमा त्यो क्षमता भएको र क्षमतालाई सही सदुपयोग गर्नपर्ने बताए । 

मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरुन्डेक नेपाल कालीकोटका अध्यक्ष गौरीकुमारी शाहीले संस्थाको बारे जानकारी दिँदै हुरुन्डेक नेपाल कालिकोटले जिल्लादेखि स्थानीय सरकारसँग समन्वय गर्दै विकास, निकास, दलित, पिछडिएका वर्ग, न्याय नपायका महिला बालबालिकाको क्षेत्रका काम गर्दै आएको बताइन् ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise