रुकुम पश्चिम : रुकुम पश्चिम जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता रचना मल्ल चयन भएकी छन् ।
सोमबार मुसिकोट खलंगामा भएको एसोसिएसनको सातौं जिल्ला अधिवेशनबाट मल्लको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ ।
एसोसिएसनको जिल्ला उपाध्यक्षमा अधिवक्ता मनीषा रोकाय भण्डारी, सचिवमा अधिवक्ता टेकबहादुर खड्का र कोषाध्यक्षमा अधिवक्ता अमरबहादुर ओली चयन भएका छन् ।
त्यसैगरी सदस्यमा अधिवक्ताहरू भुवनेश्वर उपाध्याय, गणेश हमाल, ललित बुढा र रमा गौतम चयन भएका छन् । एसोसिएसनको केन्द्रीय पार्षदमा अधिवक्ता रत्नबहादुर खड्का चयन भएका छन् ।