२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

१ सय ६० जना विद्यार्थीलाई साइकल वितरण

shivam cement
महमद सदाब
२०८१ फागुन १८ गते २०:५८
१ सय ६० जना विद्यार्थीलाई साइकल वितरण

वीरगन्ज : चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट(सीएफआरडी) को सहयोगमा अन्तर्राष्ट्रिय साइकल परियोजना अन्तर्गत बारा विश्रामपुर गाउँपालिका वडा नं ३ मुसहरवा टोलका विद्यार्थीलाई साइकल वितरण गरिएको छ । 

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत ८० जना विद्यार्थी र वलिरामपुरको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत ८० जना विद्यार्थी गरी १ सय ६० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको हो । मधेश प्रदेशका ९ सामुदायिक विद्यालयका १ हजार विद्यार्थीलाई साइकल वितरण गर्ने उद्देश्यले संचालन गरिएको कार्यक्रममा आइतबार १ सय ६० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको हो । 

साइकल वितरण कार्यक्रमले ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच पुग्ने अपेक्षा राखिएको छ । साइकल वितरण कार्यक्रममा वडाध्यक्ष किशोरी साह, पूर्ववडाध्यक्ष मदन प्रसाद यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पतिलाल साह, चाईना फाउण्डेसन फर रुरल डेभलपमेन्टका कवित नेपाल, कृतिसा श्रेष्ठ, पिंकी श्रेष्ठ, बारा निवासी डा.धन्नजय यादव, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बलिरामपुरका प्रधानाध्यापक आनन्द कुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी वडा नं ३ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुसहरवामा आयोजित कार्यक्रमका वडा नं ३ का वडाध्यक्ष शिवचन्द्र प्रसाद यादव, प्रधानाध्यापक जुगुल किशोर साह लगायतको उपस्थिति रहेको थियो । 

ADV

सम्बन्धित खबर

Advertise