२०८२ वैशाख ३० गते मङ्गलवार / May 13 , 2025 , Tuesday
२०८२ वैशाख ३० गते मङ्गलवार
Ads

मालपोत र नापीको उपशाखा कार्यालय उद्घाटन

लालबाबु बानिया
२०८१ फागुन १५ गते २१:०२
मालपोत र नापीको उपशाखा कार्यालय उद्घाटन

पर्सा : पर्साको पोखरिया नगरपालिकामा मालपोत र नापी शाखाको उपशाखा  कार्यालय उद्घाटन गरिएको छ । 

पोखरिया नगरपालिकाको वडा नं ९ सेमबारी चोकमा रहेको सामुदायिक धर्मशालाको भवनमा मालपोत  तथा नापी शाखा कार्यालयको उद्घाटन गरिएको हो । कार्यक्रममा प्रमुख भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण  मन्त्री बलिराम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । 

उद्घाटन गर्दै प्रमुख अतिथि अधिकारीले पोखरियामा मालपोत र नापी शाखा कार्यालय स्थापनाका लागि स्थानीय तहदेखि प्रदेश र संघीय सम्मका जनप्रतिनिधि र स्थानीय नेता कार्यकर्ताहरुको पहलले सम्भव भएको बताए । 

पोखरिया नगरपालिकामा मालपोत र नापी शाखा संचालनमा आएपछि सेवाग्राहीहरु खुसी भएका छन् । आउने दिनमा छिट्टै नै ईलाका प्रशासन कार्यालयको पनि स्थापना गराउनमा पूर्ण सहयोग रहने उनले बताए ।

विशिष्ट अतिथि कानुन न्याय तथा सामान्य मन्त्री अजय कुमार चौरसिया, संघीय मामिला तथा समान्य प्रशासन मन्त्री राजकुमार गुप्ता लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । 

ADV

सम्बन्धित खबर