२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

शिक्षक साहद्वारा व्यवस्थापन समितिका अध्यक्षलाई कुटपिट गरेको आरोप

सत्येन्द्र प्रताप सिंह
२०८१ माघ १६ गते २१:३८
शिक्षक साहद्वारा व्यवस्थापन समितिका अध्यक्षलाई कुटपिट गरेको आरोप

रौतहट : रौतहटको यमुनामाई गाउँपालिकामा एक विद्यालयका शिक्षकले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कुटपिट गरेको आरोप लागेको छ । 

गाउँपालिका–५, झुनखुनवामा रहेको श्री यमुनामाई माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम विश्वास राय यादवमाथि शिक्षक मदन साह र उनका छोरा विवेक साहले कुटपिट गरेको आरोप लागेको हो । 

अध्यक्ष यादवले विद्यालयमा भएको हिनामिना, आर्थिक अनियमितता सम्बन्धमा सोधपुछ गरेको विषयलाई लिएर बुधबार गाउँकै चोकतिर जाने क्रममा बन्दी बनाइ साहका बाबु छोराले कुटपिट गरेको बताए । उनले कुटपिटमा संलग्नलाई कारबाहीको माग गरेका छन् । 

ADV

सम्बन्धित खबर