२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

कालीकोटमा ९ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

Nada
कमल कुमाल
२०८१ माघ १४ गते २०:४८
Shares
कालीकोटमा ९ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

कालीकोट : कालीकोटमा ९ हजार बढी किशोरीलाई पाठेघरविरुद्धको खोप लगाइँदैछ ।  जिल्लाका नौं वटा स्थानीय तहमा रहेका करिब ९ हजार २ सय ३८ जना किशोरीलाई हुने पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभी) खोप दिइने भएको छ । 

ncell

सोमबार  जिल्ला खोप समन्वय  समिति  तथा संचार क्षेत्रको अभिमुखीकरण कार्यक्रममा निःस्वस्थ्य सेवा व्यवस्थापक डा.भिष्मबहादुर पोखरेलले जिल्लाका ९ पालिकाका १ सय ५२ वटा खोप केन्द्रबाट ९ हजार २ सय ३८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’(एचपिभि) खोप अभियान सञ्चालन गरिने बताए । 

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका सम्पूर्ण छात्राहरुलाई विद्यालयमै खोप दिइनेछ भने विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई  स्वास्थ्य संस्थामा रहेका खोप केन्द्रमा खोप लगाइने स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतले बताए । 

जिल्लाका ९ वटा स्थानीय तहलाई तीन भागमा विभाजन गरी माघको २२ गतेदेखि २४ गतेसम्म पहिलो चरण पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका र सान्नीत्रिवेणी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ भने दोस्रो चरण माघको २७ गतेदेखि २९ गते सम्म नरहरिनाथ गाउँपालिका, खाडाँचक्र नगरपालिका, शुभकालिका गाउँपालिका र तेस्रो चरण खोप फागुन ४ गते ६ गतेसम्म तिलागुफा नगरपालिका, महावै गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने महतले बताए । देशव्यापी रुपमा सञ्चालन हुने यो कार्यक्रम यही माघ २२ देखि फागुन ६ गतेसम्म चल्नेछ ।

जिल्ला समन्वय अधिकारी जनक शर्माको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको प्रमुख आतिथ्यता, प्रहरी प्रमुख शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख लालप्रसाद पोखरेल, विभिन्न संचारमाध्यमका प्रतिनिधि र सरोकारवालाहरुको उपस्थितिमा अभिमुखीकरण गरिएको हो ।

सम्बन्धित खबर