२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

इलाका प्रहरी कार्यालय वनजहराको भवन जीर्ण

इसत्याक अहमद
२०८१ माघ ३ गते २१:१६
इलाका प्रहरी कार्यालय वनजहराको भवन जीर्ण

रौतहट : रौतहटको इसनाथ नगरपालिका वडा नम्बर १ मा रहेको इलाका प्रहरी कार्यालय वनजहरा भवन जीर्ण बनेको छ । भवन जीर्ण हुँदा दैनिक कार्यक्षमता र सेवा प्रवाहमा समेत प्रत्यक्ष प्रभाव पारेको छ । 

वनजहरा प्रहरी कार्यालय प्रत्येक वर्षको बाढीले  चपेटामा पर्दै आएको छ । पुनः निर्माणको लागि सरकारले बजेट विनियोजन नगर्दा हालसम्म पनि भवन बन्न सकेको छैन । 

प्रहरी कार्यालयजस्तो महत्वपूर्ण संस्था सुरक्षित र व्यवस्थित भवनबाट सञ्चालन हुनुपर्ने स्थानीय बताउँछन् । भवन निर्माणका लागि स्थानीय निकाय, प्रदेश सरकार र संघीय सरकारले समन्वय गर्न आवश्यक रहेको स्थानीयको भनाइ छ । बजेट विनियोजन र शीघ्र निर्माण कार्य सुरू गर्न समेत स्थानीयले माग गरेका छन् ।

ADV

सम्बन्धित खबर