२०८२ वैशाख २० गते शनिवार / May 03 , 2025 , Saturday
२०८२ वैशाख २० गते शनिवार
Ads

विपद् पूर्वतयारी र प्रतिकार्यका लागि नमुना अभ्यास

सत्यराज सिंह
२०८१ पुष २७ गते २०:३४
विपद् पूर्वतयारी र प्रतिकार्यका लागि नमुना अभ्यास

बझाङ : विपद् पूर्वतयारी र प्रतिकार्यका लागि १ दिने नमुना अभ्यास कार्यक्रम बझाङको सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ । प्रगतिशील युवा समाज र वर्ल्डभिजनको आयोजना तथा जयपृथ्वी नगरपालिकाको समन्वयमा शनिबार आयोजित कार्यक्रममा जयपृथ्वी नगरपालिकाभित्रका २० विद्यालयका शिक्षक सहभागी भएका थिए ।

कार्यक्रमका सहजकर्ता तथा प्रशिक्षक खडक विकले विपद् तयारी र प्रतिकार्यको विभिन्न अभ्यास र प्रक्रिया सिकाउँदै शिक्षकहरूको क्षमता अभिवृद्धिमा जोड दिएका थिए । कार्यक्रम छलफलका क्रममा विपद् व्यवस्थापनको सन्दर्भमा विपद् पूर्वप्रतिकार्य अभ्यासको नेतृत्व र समन्वय गर्न शिक्षकहरूको क्षमता अभिवृद्धि, विपदमा विद्यालयको तयारीको मूल्याकंन गर्दै प्राकृतिक प्रकोप प्रतिकार्यमा रहेको कमी पहिचान, विद्यार्थी र कर्मचारीबीच आपतकालीन अवस्थाहरूमा प्रभावकारी रूपमा प्रतिकार्य दिन विश्वास निर्माण, विद्यालय विपद् व्यवस्थापन योजनाको सुधार,स्थानीय निकायहरू, विपद् व्यवस्थापन समिति, र आपतकालीन प्रतिकार्य टोलीबीच समन्वय बलियो बनाउने लगायत अभ्यासको उद्देश्य रहेको संस्थाले जनाएको छ ।

प्रगतिशिल युवा समाज अन्तर्गत बालस्पोन्स तथा बाल संरक्षण÷गुणस्तरीय तथा समावेशी शिक्षा परियोजनाका कार्यक्रमका अधिकृत वासु ओझाका अनुसार संस्थाले विद्यालयमा बालमैत्री, भूकम्प प्रतिरोधात्मक, र अपाङ्तामैत्री भौतिक संरचना निर्माण गर्दै आएका छन् । विपद्का कारण बा(लबालिकामा पर्ने जोखिमलाई न्यूनीकरण गर्न संस्थाले लामो समयदेखि सक्रिय रूपमा काम गरिरहेको उनले बताए ।

प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसीले समुदायका अगुवा शिक्षकको भूमिका महत्वपूर्ण हुने भन्दै यस्तो नमुना अभ्यासले शिक्षकलाई थप दक्ष बनाउने विश्वास व्यक्त गरे । स्थानीय तह र समुदायको सहकार्यमा विपद् व्यवस्थापनमा जनशक्ति निर्माणको आवश्यकता औंल्याउँदै उनले विद्यालयस्तरमा भूकम्प, बाढीपहिरो जस्ता जोखिमबाट बच्नको लागि यस्ता अभ्यास महत्वपूर्ण हुने बताए । यसअघि सोही कार्यक्रम केदारस्युँ गाउँपालिका भित्रका २० वटा विद्यालयका शिक्षकहरूलाई नमुना अभ्यास गराएको छ । शनिबार गरेको अभ्यास विद्यालयमा विद्यार्थीहरूलाई सिकाइने बताइएको छ ।

ADV

सम्बन्धित खबर