२०८२ असार ४ गते बुधवार / Jun 18 , 2025 , Wednesday
२०८२ असार ४ गते बुधवार
Ads

बुटवल हस्पिटल र माछापुच्छ्रे बैंकबीच सहकार्यको समझदारी

shivam cement
सुर्य प्रसाद भुसाल
२०८१ पुष १२ गते २०:५९
बुटवल हस्पिटल र माछापुच्छ्रे बैंकबीच सहकार्यको समझदारी

बुटवल : बुटवल हस्पिटल प्रालि र माछापुछ«े बैंकसँग एक समारोहका बीच सेवा सहकार्यको विषयमा सम्झौता भएको छ । बुटवल हस्पिटलमा माछापुच्छ«े बैंकमार्फत् आउने कर्मचारी तथा सेवाग्राहीहरूलाई सहुलियतमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको हो ।

साथै, बैंकलेपनि अस्पतालले गर्ने विभिन्न समाजिक कार्यहरूमा सहकार्य गर्ने भएको छ । उपचार सझौताले दुई संस्थाका बीचमा व्यावसायिक तथा अन्य सहकार्यको बाटो खोलेको बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नप्रसाद पौडेलले बताए । उनले बुटवल हस्पिटल सबै क्षेत्र वर्ग र समुदायका नागरिकहरूकै भएकोले यसको संरक्षण र प्रवद्र्धनमा पनि सबैको सहयोग आवश्यक रहेको बताए ।

सो अवसरमा माछापुच्छ्रे बैंकका शाखा प्रमुख लालबहादुर शाहले बुटवलमा सो क्षेत्रकै नमूना अस्पताल रहेकोले सो अस्पतालबाट बैकका सेवाग्राहीहरूलाई पनि सेवा दिन पाउँदा निकै खुसी लागेको बताए ।

सम्झौता समारोहमा बुटवल हस्पिटल प्रालिका उपाध्यक्ष ललितप्रसाद खरेल, अस्पतालका मेडिकल निर्देशक डा. कृष्ण खनाल, जनरल म्यानेजर देवेश कर्ण लगायतले बुटवल हस्पिटलले उपचार प्रदान गर्ने सेवाको सन्दर्भमा नयाँ–नयाँ प्रविधिको उपकरण, दक्ष चिकित्सक एवं स्वास्थ्यकर्मी र पर्याप्त भौतिक संरचनामा ध्यान दिँदै आएको बताएका थिए ।

ADV

सम्बन्धित खबर

Advertise