२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

नरहरिनाथ-३ बालविवाह मुक्त वडा घोषणा

Nada
कमल कुमाल
२०८१ कार्तिक २७ गते १७:३१
Shares
नरहरिनाथ-३ बालविवाह मुक्त वडा घोषणा

कालीकोट : कालीकोटको नरहरिनाथ गाउँपालीका वडा नं. ३ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । 'हामी सबैको ऐक्यबद्धता, बालविवाहविरुद्धको साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ मंगलबार वडा नं. ३ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । 

ncell

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग, सामाजिक जागरण तथा विकास प्रतिष्ठान, सादा नेपाल, हुरेन्डेक नेपाल, किर्डाक नेपाल, आई एनएफ नेपाल, साहास नेपाललगायत अन्य साझेदार संघसंस्थाको सहयोगमा वडा नं. ३ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्णाली प्रदेश सभा सदस्य हिक्मत बहादुर विष्टले कसैले बालविवाह गरेको पाइएमा कानूनबमोजिम कारबाही हुने स्पष्ट पारे । उनले भने, 'बाल विवाह गर्दा स्वास्थ्यमा समस्या हुनुका साथै अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ । यो समाजका लागि एकदमै कुसंस्कार कुरीति, समाजका लागि घातक रोग भएको हुँदा यो रोगलाई समयमै उन्मूलन गर्नुपर्छ ।'

त्यस्तै कार्यक्रममा विशेष अतिथि गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले अबको केही समयभित्र अरु वडालाई पनि बालविवाह मुक्त घोषणा गर्ने तयारी भइरहेको बताए । उनले भने, 'सामाजिक कलंकको रुपमा रहको यो एउटा अपराध  कार्यलाई जरैदेखि उन्मूलन गर्नका लागि मसहित गाउँपालिका निरन्तर लागि परेको छ ।'

कार्यक्रम वडा नं.३ का वडा अध्यक्ष कटक बहादुर बुढाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण इकाइ शाखाकी प्रमुख सरिता कुमारी विष्ट, नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालीकोटका उपाध्यक्ष नमराज योगी, गै.स.स. महासंघ कालीकोटका अध्यक्ष विरेन्द्र बुढा, शिक्षक, अभिभावक, बालबालिका, विभिन्न शाखाका कर्मचारी, नागरिक समाजलगायतको सहभागिता रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर