२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

जाजरकोटमा दुई वटा गाडी एकआपसमा ठोक्किँदा तीन जना घाइते

Nada
२०८१ कार्तिक २७ गते १५:५३
Shares
जाजरकोटमा दुई वटा गाडी एकआपसमा ठोक्किँदा तीन जना घाइते

सुर्खेत : जाजरकोटमा दुई वटा गाडी एकआपसमा ठोक्किँदा तीनजना घाइते भएका छन् । मंगलबार दिउँसो भेरी नगरपालिका कुदुस्थित रातामाटा नजिकै बोलेरो र फोर्स गाडी एकआपसमा ठोकिएका हुन् ।

ncell

नेपालगञ्जदेखि जाजरकोट खलङ्गा जाँदै गरेको लु २ ख ५८३६ नम्बरको फोर्स र विपरीत दिशाबाट आइरहेको लु १ च ५२९९ नम्बरको गाडी एकआपसमा ठोकिँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले मध्यान्हलाई जानकारी दिए ।

उनका अनुसार घाइतेहरूको पहिचान खुल्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर