२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

इजरायली आक्रमणमा १३ बालबालिकासहित ३० जनाको मृत्यु

Nada
२०८१ कार्तिक २५ गते १२:४९
Shares
इजरायली आक्रमणमा १३ बालबालिकासहित ३० जनाको मृत्यु

काठमाडौंः गाजाको नागरिक सुरक्षा निकायले प्यालेस्टिनी भूभागको उत्तरमा दुई घरमा इजरायली आक्रमणमा परी १३ बालबालिकासहित ३० जनाको मृत्यु भएको जनाएको छ ।

ncell

उत्तरी गाजाको जबालियाको एक घरमा आइतबार बिहान भएको पहिलो आक्रमणमा १३ बालबालिकासहित कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका नागरिक सुरक्षा निकायले जनाएको छ ।

गत अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजाको जबालियालगायत क्षेत्रमा हमास लडाकूसमूहलाई पुनः सङ्गठित हुनबाट रोक्न चाहेको भन्दै हवाई तथा स्थलगत आक्रमण गरिरहेको छ ।

गाजा शहरको साबरा क्षेत्रमा भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने अन्य अझै बेपत्ता छन् । ‘अझै पनि धेरै सर्वसाधारण भग्नावशेषमुनि पुरिएका छन्’, प्यालेष्टिनी सुरक्षा निकायले भनेको छ।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा एक हजार २०६ जनाको मृत्यु भएको हमासले गरेको आक्रमणपछि गाजामा युद्ध शुरु भएको थियो। इजरायलको जवाफी कारबाहीमा गाजामा ४३ हजार ५५२ जनाको मृत्यु भएको मृतकमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गाजा युद्ध जारी छ र यो क्रमशः लेवनानतर्फ विस्तार भएको देखिन्छ ।

ताजा खबर

सम्बन्धित खबर