२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

चिति सेवा समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

Nada
२०८१ कार्तिक २४ गते २०:३१
Shares
चिति सेवा समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं : ‘रगत अभावमा कसैलाई ज्यान गुमाउन नदिने संकल्प गरौं’भन्ने नाराका साथ चिति सेवा समाजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको सामाखुसीस्थित सिटी स्क्वाएरको प्राङ्गणमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । समाजका अध्यक्ष गोपाल बहादुर कमलीको अध्यक्षतामा भएको सो रक्तदान कार्यक्रमको संयोजन समाजका उपसचिव दिपक बाबु बरालले गरेका थिए । 

ncell

No description available.

करिब १ सय ३५ जनाको सहभागिता रहेको उक्त रक्तदान कार्यक्रममा दिपक पन्त, रामकुमार श्रेष्ठ, सूर्यकला भण्डारी, बिपिन बराललगायत ३० जना रक्तदाताहरुले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई अध्यक्ष कमली र संयोजक बरालले प्रमाण–पत्र प्रदान गरेका थिए । 

पछिल्लो समय राजधानीका अस्पतालहरुमा बिरामीहरुका लागि रगतको अभाव भएको गुनासो आएकाले थोरै नै भएपनि रगतको माग पुरा गर्न सघाउ पुग्न सकोस् भन्ने उद्देश्यले चिति सेवा समाजद्वारा रक्तदान कार्यक्रम राखिएको अध्यक्ष कमलीले जानकारी दिए । 

No description available.

यस्तै चिति सेवा समाजले समय–समयमा यस्ता सामाजिक कार्य गर्दै आइरहेको जानकारी दिँदै छोटो सूचनाको आधारमा पनि कार्यक्रममा आएर सहयोग पु¥याउने र रक्तदान गर्ने सबैलाई संयोजक बरालले धन्यवाद दिएका थिए । उनले समाजले सबैको सहयोगमा आगामी दिनहरुमा पनि यस्ता कार्यहरु गर्दै जाने बताए । कार्यक्रममा चिति सेवा समाजका उपाध्यक्ष श्यामसुन्दर श्रेष्ठलगायत समाजका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

ताजा खबर

सम्बन्धित खबर