ओबराज शाही/मध्यान्ह
हुम्ला : हुम्लाको सिमकोट गाउँपालिका गाउँपालिकाभित्र हुने फोहोरमैला व्यवस्थापना जुटेको छ । गाउँपालिकाले टोल सफा र सुधारको लागि फोहोरमैला व्यवस्थापनमा जुटेको हो ।
गाउँपालिकाले डस्टबिन फोहोर मलाई र सिमकोट गाउँपालिका लेखेर वितरण गर्न थालेको छ । गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा डस्टबिन वितरण गरिएको हो । सिमकोट ५ तल्लो गाउँका सात सरसफाइ टोल समितिलाई प्रति टोल पाँच वटाका दरले डस्टबिन वितरण गरिएको गाउँपालिका उपाध्यक्ष सुशीला रोकायाले बताइन् ।
उपाध्यक्ष रोकायाका अनुसार वडा नं.६ माथिल्लो गाउँमा टोल समिति गठन नभएको हुँदा गाउँलाई नै लक्षित गरेर १५ वटा डस्टबिन दिएको छ ।
त्यसै सदरमुकाम सिमकोटभित्र पर्ने मानसरोवर माध्यमिक विद्यालयमा चार, बाल मन्दिर माध्यमिकमा चार, काला सिल्ता आधारभूत दुई, हिमाली बहिरा विद्यालय दुई र भिनसेन आधारभूतलाई दुई गरी पाँच विद्यालयलाई वितरण गरेको छ ।
बजार व्यवसायको हकमा उद्योग वाणिज्य संघलाई गाउँपालिकाले ३० वटा डस्टबिन दिएर बजारका चोकमा आवश्यकता अनुसार उद्योग वाणिज्य संघ हुम्लाले राख्ने निर्णय गरेर शुक्रबार वितरण गरेको छ । गाउँपालिकाले जम्मा ९४ डस्टबिन वितरण गरेको छ भने १ सय २० मा २६ वटा आवश्यकता अनुसार गाउँपालिकाले राख्ने निर्णय गरेको छ । गाउँपालिको आर्थिक सहयोगमा डस्टबिन वितरण गरिएको हो ।
डस्टबिन लिएर घरमा थन्क्याउने होइन् कि सदुपयोग गर्ने, त्यस्तै हरायो, फुटायो भने सरसफाइ टोल समिति जिम्मेवार हुने गरेर डस्टबिन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए ।
डस्टबिन फोहोर र भिडभाड हुने स्थानमा राखिने छ, भने हरेक हप्ता शुक्रबार गाउँपालिकाबाट फोहोर लिने ट्याक्टरमा डस्टबिनमा भएको फोहोर सबै गाउँबासी मिलेर हाल्नुपर्ने गाउँपालिका अध्यक्ष भण्डारीले बताए । डस्टबिन वितरण कार्यक्रममा सिमकोट वडा नं.६ का वडा अध्यक्ष नन्द रावत, उद्योग वाणिज्य संघ जिल्ला अध्यक्ष राम बहादुर भण्डारी, विभिन्न टोल समितिका प्रमुख प्रतिनिधि, सिमकोट विमानस्थल प्रतिनिधि, व्यवसायी लगायतको सहभागीता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies