इसत्याक अहमद/मध्यान्ह
काठमाडौं : गृह मन्त्रालय अन्तर्गत गठित नेपाल हज समितिले नेपाली हजयात्रीहरूको हवाइजहाज उडान तालिका प्रकाशित गरेको छ ।
२०२४ को हजयात्रामा कुल ७ सय ५३ जना नेपाली मुस्लिम साउदी अरबको मक्का पुग्ने नेपाल हज समितिका अध्यक्ष इस्रामुल्लाह मियाँले हस्ताक्षर गरेको उडान तालिकामा जनाइएको छ ।
तालिकामा उल्लेख भएअनुसार यसपटकको हजयात्रामा सर्वाधिक हजयात्री सुनसरीका हुनेछन् । सुनसरीबाट १ सय ५६ मुस्लिम हजका लागि जाने भएका छन् । सबभन्दा कम एकजना मात्र हजयात्री चितवनको हुनेछ । सुनसरीपछि दोस्रोमा बाँकेबाट हजमा जानेहरूको संख्या १ सय १३ रहेको छ ।
त्यस्तै कपिलवस्तुबाट ८६, रूपन्देहीबाट ५७, सप्तरीबाट ४१, महोत्तरीबाट ४०, रौतहट र पर्साबाट ३८–३८, मोरङ र धनुषाबाट १९/१९ र सिरहाबाट १५ जना मुस्लिम हजमा जाने भएका छन् । यसपालिको हजमा बारा र गोरखाबाट १३–१३, काठमाडौंबाट ११, अर्घाखाँचीबाट १०, स्याङ्जा र बर्दियाबाट ८/८, दाङ र नवलपरासी पश्चिमबाट ७/७, सर्लाही, पाल्पा र तनहुँबाट ६/६, झापाबाट ५, कास्की र सुर्खेतबाट ४/४, कैलाली, मकवानपुर र पर्वतबाट २/२ र चितवनबाट १ जना मुस्लिम हजयात्रामा जाने भएका छन् ।
यसका अतिरिक्त जिल्ला उल्खेख नभएका ८ जना हज समिति सदस्य, दुईजना चिकित्सक र युएई दूतावासको सहयोगमा ६ जना मुस्लिम हज यात्रामा जाने भएका छन् ।
सबै ७५३ हजयात्री जम्मा ६ वटा उडानबाट जेठ २ गतेदेखि ६ गतेसम्म साउदी अरबको जेद्दा इण्टरनेशनल एयरपोर्टको लागि उड्ने छन् । उनीहरू मदीना एयरपोर्टबाट फर्कने छन् ।
हज यात्रीहरूको पहिलो उडान जेठ २ गते बुधबार साँझ ६ः३० बजे हुनेछ । उनीहरू मदीना एयरपोर्टबाट २९ जुनका दिन नेपाल फर्कने छन् । हज यात्रीहरूको अन्तिम उडान जेठ ६ गते आइतबार बिहान ५ बजे हुनेछ । उनीहरू जुलाई ३ तारेखका दिन मदीना एयरपोर्टबाट फर्कने छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies