लालबाबु बानिया/मध्यान्ह
पर्सा : मनोज ग्याँस उद्योग प्रा.लि परवानीपुर पर्साले व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत बिहीबार वीरगन्जको एक सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नं.२१ सुखचैनामा रहेको नेपाल राष्ट्रिय गीता गजेन्द्रराज जोशी माध्यमिक विद्यालयलाई १ लाख ४४ हजार रुपैयाँ सहयोग गरिएको हो । उक्त रकमबाट निजी श्रोतमा कार्यरत शिक्षिका उमावती देवीलाई एक वर्षको पारिश्रमिक दिइने जनाइएको छ ।
एक कार्यक्रमकाबीच मनोज ग्यास उद्योग प्रा.लि का सञ्चालक मनोज कुमार दासले विद्यालयलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
मनोज ग्यास उद्योगका सञ्चालक दास र वडाध्यक्ष राधाकृष्ण रौनियारले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक अरविन्दकुमार लाललाई चेक हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विद्यालयलाई सहयोग गरेको उद्योगी दासले बताए । वडाध्यक्ष रौनियारले उद्योगी व्यवसायीले सामाजिक कार्यमा गरेको सहयोगको सराहना गरे ।
साथै उनले आगामी दिनमा पनि सामाजिक कार्यमा सहकार्य गर्दै समाज रुपान्तरणका लागि काम गर्नुपर्नेमा जोड दिए ।
यसअघि पनि मनोज ग्यास उद्योग प्रा.लि परवानीपुर पर्साले २०७९/१२/२२ गतेका दिन एक जना शिक्षकको सहयोगकै लागि एक १ लाख ४४ हजार रुपैयाँ उपलब्ध गराएको थियो ।
विद्यालयमा शैक्षिक जनशक्ति अभाव हुने र पठनपाठनका लागि निजी श्रोतबाट जनशक्तिको व्यवस्थापन गर्नुपर्ने भएकाले सहयोगको खाँचो परेको वडाध्यक्ष रौनियारले बताए ।
चेक हस्तान्तरण कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रअ अरबिन्द लालले राखेका थिए ।
चेक हस्तान्तरण कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष तथा स्थानीय समाजसेवी जितेन्द्र कुर्मी, सदस्य सरोज यादव, सञ्चारकर्मी युवराज खडका लगायत विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रअ सुनिल झाले गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies