कमल कुमाल/मध्यान्ह
कालीकोट : स्थानीयस्तरमा हुने बालविवाह र जबरजस्ती गरिने विवाहजस्ता घटनाहरुलाई न्यूनीकरण गर्नका लागि रास्कोट–४ का किशोर तथा किशोरीहरु बालविवाहविरुद्ध सचेतनाका लागि घरदैलो तथा र्याली कार्यक्रम सञ्चालनमा सक्रिय हुन थालेका छन् ।
प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपालको साझेदारीमा सञ्चालित नोराड परियोजनाअन्तर्गत किशोरी क्लबको आयोजनामा बालविवाहविरुद्धको सचेतना अभिवृद्धिसम्बन्धी र्याली तथा कार्यक्रम गरिएको हो ।
रास्कोट नगरपालिका वडा नम्बर ४ मा बालविवाह न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रमअन्र्तगत टोल–टोलमा पुगेर बालविवाह गर्नु हुँदैन, बालविवाह गर्नु भनेको कानूनी अपराध हो, सानै उमेरमा विवाह गर्दा स्वास्थ्यमा समस्या आउनेलगायतका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको किशोर किशोरीहरुको भनाइ छ ।
कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य तथा यस कार्यक्रमका अध्यक्ष सत्य बरालले सामाजिक मूल्य मान्यता र परम्पराअनुसार दलित समुदादयमा बढी बालविवाह हुने गरेकाले यसलाई रोक्नका लागि यस्ता खालका सचेतनामूलक कार्यक्रमहरु बढी केन्द्रित गर्नुपर्ने बताए । बरालले समुदायमा विभिन्न सचेतना कार्यक्रम सञ्चालनका लागि गैरसरकारी संस्थाहरुले धेरै सहयोग गरेको बताए ।
परियोजना लागू भएदेखि नागरिक समाज तथा किशोर किशोरीको पहलमा पछिल्लो समय बालविवाह तथा जबरजस्ती गरिने विवाहजस्ता घटनाहरु घट्दो क्रममा रहेको फिल्ड अफिसर मंगल कुमारी उपाध्यायले बताइन् ।
साथै बालविवाह र जबरजस्ती गरिने विवाह रोकथाम परियोजनाअन्र्तगत सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षामा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ वडा नम्बर ८ मा रहेको श्री जनजागृती माविमा विद्यालयका प्रअ नमराज उपाध्याय, सरोकारवाला, विद्यार्थी, अभिभावकलगायतको सहभागितामा भर्ना अभियान कार्यक्रम पनि सम्पन्न भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies