काठमाडौं : नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) ले आफ्नो १०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) ले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरेरआफ्नो १०औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा, प्रमुख अतिथिको रुपमा नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा थिइन् । त्यस्तै कार्यक्रममा नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवाल नेपाल इटाली चेम्बर अफ कमर्सका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ र इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डे लगायत एनआईसीसीआईका अन्य प्रमुख व्यक्तिरुको उपस्थित रहेको थियो । कार्यक्रममा रेखा शर्माद्धारा ‘एनआईसीसीआई डाइरेक्टरी’ को अनावरण भएको थियो । उक्त अवसरमा द्विपक्षीय व्यापार सम्बन्धको विकासमा योगदान गर्ने अतिथिहरुलाई कदर गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो ।
राजेशकाजी श्रेष्ठ, प्रतिमा पाण्डे र मन्त्री रेखा शर्मा लगायत अन्य वक्ताहरुले एनआईसीसीआईले विगत वर्षमा हासिल गरेका उपलब्धिहरु बारे छलफल गरेका थिए । उक्त छलफलमा नेपाल र इटालीबीच आर्थिक वृद्धि र फलदायी साझेदारीलाई अझ वृद्धि गर्ने चेम्बरको अटुट प्रयासलाई जोड दिइएको थियो । यस कार्यक्रमले इटाली र नेपालबीच बलियो व्यावसायिक सम्बन्ध प्रवद्र्धन गर्ने चेम्बरको अटल प्रयासमा एउटा महत्वपूर्ण कदम सावित भएको एनआईसीसीआइले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies